कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढ्यो

काठमाडौँ । २०८२ को असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जानाएको छ ।

आइतबार राष्ट्र बैंकले सार्बजनिक गरेको बार्षिक आर्थिक तथा वित्त स्थितिको विवरण अनुसार कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भएको उल्लेख छ । २०८१ को असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ । २०८१ को असार मसान्तमा नेपाल राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८१- ८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले उल्लेख गरेको छ । २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

  • Related Posts

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक…

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 31 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 28 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 27 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 30 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 30 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 32 views
    आजको राशिफल