घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८२–सिआर–०१२० अन्तर्गत नेपाल सरकार वादी र ढुण्डिराज दाहाल प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा रहेका प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठले अदालतमा प्रतिकूल बयान दिएको भन्दै उनीहरूमाथि अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा विशेष अदालत, काठमाडौंमा दर्ता भएको उक्त घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठले प्रतिवादी ढुण्डिराज दाहाललाई घुस दिएको कार्य पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार अनुसन्धानका क्रममा ती व्यक्तिहरूले अनुसन्धान अधिकृतलाई सहयोग गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।

तर उनीहरूले विशेष अदालतमा २०८३ वैशाख २५ गते बकपत्र गर्दा आयोगसमक्ष दिएको बयानविपरीत बयान दिएको पुष्टि भएपछि पुनः अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

आयोगका अनुसार भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने उद्देश्यले विप्लव पोख्रेलले आरएसभी मेटलको तर्फबाट २७ हजार ३५० रुपैयाँ र अभियान्ता नेपालको तर्फबाट २९ हजार रुपैयाँ गरी जम्मा ५६ हजार ३५० रुपैयाँ घुस दिएका थिए ।

त्यस्तै प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिज लगायतको तर्फबाट ३७ हजार ५०० रुपैयाँ तथा राजेश श्रेष्ठले विप्लव पोख्रेलमार्फत २७ हजार ३५० रुपैयाँ घुस दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

यसरी कुल ९३ हजार ८५० रुपैयाँ प्रतिवादी ढुण्डिराज दाहाललाई घुस तथा रिसवत दिएको कार्य पुष्टि भएकाले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ अनुसारको कसुर भएको आयोगको ठहर छ ।

उनीहरूविरुद्ध कानुनबमोजिम सजायको माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

  • Related Posts

    ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

    महोत्तरी । महोत्तरीको एकडारा गॉऊपालिका-३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजा जस्तो देखिने बस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा मकवानपुर जिल्लाको कैलाश गॉऊपालिका- १ बस्ने २३ बर्षिय साधुराम…

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    ललितपुर । सरोकारवालाले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनामा पहुँच र स्थानीय मुद्दाको प्रभावकारी उठानका लागि स्थानीय सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर…

    पहिलो

    कार्यवाहक प्रमुखको जिम्मेवारी पाए लगत्तै आलमको सक्रियता, प्रमुख प्रशासकीय अधिकृत बोहरा सहित महानगरमा छड्के-

    • July 10, 2026
    • 89 views
    कार्यवाहक प्रमुखको जिम्मेवारी पाए लगत्तै आलमको सक्रियता, प्रमुख प्रशासकीय अधिकृत बोहरा सहित महानगरमा छड्के-

    गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै-

    • July 10, 2026
    • 66 views
    गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै-

    सडक विस्तारको भग्नावशेषले नाला जाम हुँदा वीरगन्जका विभिन्न चोक जलमग्न, निकासका लागि ‘एक्सन टिम’ परिचालन-

    • July 10, 2026
    • 64 views
    सडक विस्तारको भग्नावशेषले नाला जाम हुँदा वीरगन्जका विभिन्न चोक जलमग्न, निकासका लागि ‘एक्सन टिम’ परिचालन-

    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    • July 9, 2026
    • 77 views
    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    • July 9, 2026
    • 86 views
    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

    • July 8, 2026
    • 80 views
    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-