चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण

मुग्लिन (चितवन), १५ असार : जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको छ । ‘चिउरी र चमेरो संरक्षण’ कार्यक्रमअन्तर्गत शुक्रबार इच्छाकामना–६ कालिखोलाका चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले चिउरी चमेरो संरक्षण कार्यक्रमअन्तर्गत चेपाङ समुदायको बसोबास रहेको कालिखोलामा पाँच सय चिउरीका बिरुवा रोपिएको बताउनुभयो । उहाँले यस कार्यक्रमले चेपाङ समुदायको लागि आयअर्जनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । चिउरीको बिरुवा रोप्न समुदायका युवा सक्रियरुपमा सहभागी भएका उहाँले बताउनुभयो ।

इच्छाकामना गाउँपालिका कृषि शाखाका अधिकृत आशिष त्रिपाठीले कालिखोलामा चिउरीको सम्भावित क्षेत्र अध्ययन गरी चेपाङ समुदायको बसोबास रहेको ठाउँ पहिचान भएसँगै बिरुवा हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

यसअघि उक्त कार्यक्रमअन्तर्गत इच्छाकामना–१ ,२ र ६ का विभिन्न छ स्थानमा चिउरी र चमेरो संरक्षण गर्नुपर्ने विषयमा पैरवी, जनचेतना अभिवृद्धि गराउनेलगायत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार यसपटक पनि चेपाङ समुदायबाट माग भएअनुसार बिरुवा वितरण गरिएको हो ।

वडा नं ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले यस कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रको उत्थान गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पु¥याउने बताउनुभयो । चेपाङ समुदायको आयआर्जन वृद्धिसम्बन्धी विभिन्न तालिम, सीप, कृषि औजार, बीउलगायत उपलब्ध गराउँदै आइएको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, जनप्रतिनिधिलगायतले केही चिउरीका बोटहरू रोप्नुभएको थियो ।

  • Related Posts

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

    दाङ ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती गाउँपालिका-४ मौरीघाट बस्ने ५० वर्षीय प्रेम बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रेमले ती बालिकालाई जबरजस्ती करणी…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 71 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 26 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 42 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 33 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 32 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 36 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची