जल विनायकमा गणेश चतुर्थीको मेला भर्ने भक्तजनको घुइँचो

काठमाडौँ । काठमाडौँको उत्तरी भेगस्थित चोभारको जल विनायकमा गणेश चतुर्थीको मेला लागेको छ । विघ्न बाधा हटाउने गणेशको पूजा आराधना तथा दर्शन गर्न काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको हो ।

हिन्दु धर्मावलम्बीले गणेशको जन्मदिनका रूपमा आजको दिनलाई विशेष पर्व मानेर मनाउने प्रचलन छ । गणेश चतुर्थीका दिन मनाइने यस पर्वलाई गणेश चौथी पनि भनिन्छ । आजको दिन भक्तजनले पवित्र तलाउ, कुण्डमा स्नान गरी गणेशलाई दर्शन गरेर व्रत बस्ने, फलफूल चढाएर वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ ।

वैदिक धर्मावलम्बीले कुनै पनि पूजा तथा शुभ कार्य गर्दा गणेशलाई अग्र स्थानमा विराजमान गराई पहिलो पूजा गर्ने र गराउने गर्दछन् । यसो गर्नाले मनोकांक्ष पूरा हुने, पारिवारिक सुख, शान्ति तथा कल्याण हुने जनविश्वास रहेको मन्दिरका पुजारी अनिश श्रेष्ठले बताए ।

काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण चार विनायकमध्ये सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा जल विनायकलाई लिइन्छ । महादेव र पार्वतीको सन्तानका रूपमा जन्मिएका गणेशको दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास रहेको मन्दिरका पुजारी श्रेष्ठले जानकारी दिए । गणेशको रथयात्रा गरिने भएकाले यसमा सहभागी हुन उल्लेख्य रूपमा भक्तजन आउने गरेको छन् ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 34 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि