जापान पुगे मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगेका छन् । प्रधानमन्त्रीको रूपमा यो मोदीको ८औं जापान भ्रमण हो । टोकियोको एक होटलमा स्थानीय कलाकारहरूले गायत्री मन्त्रसहित उनको स्वागत गरेका थिए ।

प्रधानमन्त्री मोदीले यस भ्रमणका क्रममा १५औं भारत-जापान वार्षिक शिखर सम्मेलनमा भाग लिने भारतीय मिडियाहरुले उल्लेख गरेकाछन् । यस सम्मेलनमा दुई देशहरू बीचको रणनीतिक र आर्थिक साझेदारीलाई अझ सुदृढ पार्ने बारेमा छलफल हुने बताइएको छ ।

जापान प्रस्थान गर्नुअघि मोदीले सामाजिक सञ्जालमा यो भ्रमणको उद्देश्य भारत र जापान बीचको विशेष रणनीतिक र विश्वव्यापी साझेदारीलाई सुदृढ पार्नु रहेको बताएका छन् । मोदी जापान पछि, उनी अगस्ट ३१ मा चीन पुग्ने कार्यक्रम रहेको छ ।

मोदीले वार्षिक सम्मेलनको क्रममा प्रधानमन्त्री शिगेरु इशिबासँग सुरक्षा, रक्षा, व्यापार र प्रविधि जस्ता मुद्दाहरूमा छलफल गर्नेछन् । अगस्ट ३० मा, मोदीले जापानको मियागीमा रहेको कारखानाको पनि भ्रमण गर्नेछन्, जहाँ बुलेट ट्रेनका कोचहरू बनाइन्छ । जापानी मिडियाका अनुसार यस भ्रमणको क्रममा जापानले भारतमा १० ट्रिलियन येन लगानी घोषणा गर्ने भएको छ ।

ट्रम्पले भारतमा ५० प्रैत्ष्ट कर लगाउने निर्णय गरेपछि, मोदीको यो भ्रमण भारतको रणनीतिक र आर्थिक साझेदारीलाई सुदृढ पार्ने सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ ।

जापानी मिडिया रिपोर्टका अनुसार, टोकियोले आगामी १० वर्षमा भारतमा निजी क्षेत्रको लगानी दोब्बर गरेर लगभग १० ट्रिलियन येन (लगभग ६८ अर्ब डलर) पुर्‍याउने लक्ष्य राख्न राखेको बताइएको छ । 

पूर्वाधार बाहेक, यो लगानी भविष्यको अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रहरू जस्तै अर्धचालक, हरित ऊर्जा, औषधि, कृत्रिम बुद्धिमत्ता र महत्त्वपूर्ण खनिजहरूमा पनि केन्द्रित हुने बताइएको छ ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 58 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला