जुम्लाको विद्यालयमा छात्रवृत्ति रकम हिनामिनाको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लास्थित एक विद्यालयमा छात्रवृत्ति रकम हिनामिना गरिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखा सहायकले विगत पाँच वर्षदेखि छात्रवृत्ति रकम वितरण नगरेको र दिवाखाजा शीर्षकको रकमसमेत दुरुपयोग गरेको उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९/०८० मा उक्त विद्यालयलाई प्राप्त १ लाख ४५ हजार ३५० रुपैयाँ छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण नगरी हिनामिना गरिएको पाइएको आयोगले जनाएको छ ।

प्रधानाध्यापक नरेन्द्रबहादुर महतले भने छात्रवृत्ति वितरण गरिएको देखाउने गरी नक्कली भरपाई तयार गरी गाउँपालिकामा पेश गरेको पाइएको छ ।

भरपाईमा मिति सच्याइएको, केरमेट गरिएको तथा पुरानै विवरण दोहोर्याइएको भेटिएको छ । आयोगको टोलीले स्थलगत अनुसन्धान गर्दा भरपाईमा नाम रहेका छात्राहरूले आफूहरूले छात्रवृत्ति रकम नपाएको बताएका थिए ।

आयोगका अनुसार प्रतिवादीहरूले मिलेमतोमा झुट्टा कागजात तयार गरी सार्वजनिक रकम हिनामिना गरेका हुन् । यसबाट तातोपानी गाउँपालिका र विद्यालयलाई गैरकानुनी हानि पुगेको तथा संलग्न व्यक्तिहरूले अवैध लाभ लिएको निष्कर्ष निकालिएको छ ।

उक्त कसुरमा संलग्न प्रधानाध्यापक तिल प्रसाद भट्टराई र लेखा सहायक कृष्ण धामीलाई कानुनअनुसार सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

  • Related Posts

    काठमाडौँ । भदौ २३ र २४ गते जेनजी आन्दोलनको समयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छवि रिजाल हाजिर जमानीमा रिहा भएका छन् । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले…

    एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    नेकपा एमालेले आन्दोलनका थप कार्यक्रम तय गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा जिल्ला तहमा भेला गर्नेदेखि काठमाडौँमा गर्ने प्रदर्शनसम्मका कार्यक्रम सार्बजनिक…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा संचालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित ” तालिम सम्पन्न-

    • March 31, 2026
    • 36 views
    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा संचालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित ” तालिम सम्पन्न-

    मालीगाउँका सई घुस रकमसहित पक्राउ

    • March 31, 2026
    • 22 views
    मालीगाउँका सई घुस रकमसहित पक्राउ

    अमेरिकालाई सैन्य आधार प्रयोग गर्न नदिन इटाली

    • March 31, 2026
    • 18 views
    अमेरिकालाई सैन्य आधार प्रयोग गर्न नदिन इटाली

    कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

    • March 31, 2026
    • 15 views
    कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

    ट्रम्पको लोकप्रियता घट्यो, एप्रुभल रेटिंग माइनस १७ !

    • March 31, 2026
    • 21 views
    ट्रम्पको लोकप्रियता घट्यो, एप्रुभल रेटिंग माइनस १७ !