जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ट्रमा सेन्टरमा उपचारको क्रममा ६ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी असपताल र शिक्षण अस्पतालमा एक एक जनाको मृत्यु भएको छ । अहिलेसम्म आजको प्रदर्शनमा घाइतेको संख्य यकिन हुन सकेको छैन । 

त्यस्तै सिभिल अस्पतालमा घाइतेको अवस्था अस्तव्यस्त रहेको छ । अहिले अस्पताल प्रशासनले अन्य विरामीको उपचार गर्न नसकेको र सबै चिकित्सक गोली लागेर घाइतेको उपचारमा केन्द्रित भएको देखिएको छ । अस्पताल प्रशासनले घाइतेको उपचारका लागि अन्य अस्पतालमा व्यस्थापन गर्न आग्रह गरेको छ । 

प्रहरीले चलाएको गोलीले समाचार संकलन गर्न गएका केहि पत्रकार र फोटो पत्रकार पनि घाइते भएका छन् । हाल घाइतेको सिभिल र ट्रमासहित केएमसी अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

थप विवरण आउनेक्रममा रहेको छ ।

  • Related Posts

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 30 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 25 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 27 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 27 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 29 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 28 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन