नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको झण्डा जलाउने कार्यलाई आपराधिक गतिविधि भएको बताएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झण्डा जलाएर अरूको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन नसक्ने बताउदै यस्ता तत्वलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्ने बताएका छन् ।
दाङको तुलसीपुरस्थित वीरेन्द्र चोकमा गएराती रवि लामिछानेको स्वागतका लागि उपस्थित समर्थकहरूले एमालेविरुद्ध नाराबाजी गर्दै एमालेको झण्डा जलाइदिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।









