झरीकाबीच ५८२औँ हप्ताको वाग्मती सफाइ

काठमाडौँ, २२ असार : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ असारे झरीकाबीच ५८२औँ हप्ताको वाग्मती सफाइ गरिएको छ ।

वाग्मती नदी किनार एवं बाटोको फोहर छाता, रेनकोट ओढेर सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । नकुहिने फोहर बानेश्वर महिला वातावरण प्रालिको ट्र्याक्टरमा राखी व्यवस्थापन गरिएको छ ।

सफाइसँगै वाग्मती किनारमा दुई वटा अम्बा र एउटा एभोकाडोको बिरुवा पनि रोपिएको शाहीले बताउनुभयो । अर्को हप्ताको शनिबार बिहान कोटेश्वर महादेव मन्दिरमुनिको वाग्मती पहेँलो पुलस्थित गणेश मन्दिर चोकमा सफाइ गरिने सफाइ महाअभियानले जनाएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ५४१औँ हप्तामा सर्वेश्वर मन्दिरमुनिको नदी किनारमा सफाइ गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिनुभयो । वाग्मतीका विष्णुमती, रुद्रमती, मनोहरा, चक्रपथलगायत स्थानमा पनि आज सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर भइरहेको छ । महाअभियानबाट प्रभावित भएर देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

  • Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 50 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 38 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 41 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 39 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 41 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 40 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन