टी-२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

आइसीसी टी-२० विश्वकपअन्तर्गत सबैभन्दा चर्चित प्रतिस्पर्धामा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

समुह ए मा रहेका दुवै देशले आफ्ना शुरुका २-२ खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेका छन् । रनरेटका आधारमा भारत शिर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।

विश्वकप शुरु हुदा पाकिस्तानले भारतविरुद्ध नखेल्ने घोषणा गरेपनि पछि आइसीसीसँग भएको वार्तापछि खेल्ने निर्णय गरेको हो ।

भारत र पाकिस्तान टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिले पटक १६ पटक आमने सामने भएका छन् । जसमा भारतले १३ पटक जित हासिल गरेको छ भने पाकिस्तानले ३ पटक जितेको छ ।

त्यस्तै दुवै देश टी-२० विश्वकपमा अहिलेसम्म ८ पटक खेलेका छन् जसमा भारत ७ पटक विजयी भएको छ भने पाकिस्तान एक पटक विजयी भएको छ । पाकिस्तानले एक मात्र खेल २०२१ को विश्वकपको समुह चरणमा जितेको थियो ।

यस खेलमा भारतका ओपनर अभिषेक शर्मा टिममा फर्किएपछि भारतलाई ठुलो राहत भएको छ । उनी अस्वस्थ हुदा नामिबियाविरुद्धको खेल गुमाएका थिए ।

त्यस्तै यस खेलमा पाकिस्तानका मिस्ट्री स्पिनर उस्मान तारिकको विशेष चर्चा रहेको छ । उनको बलिङ गर्ने एक्सनका कारण उनको यस विश्वकपमा भारतविरुद्ध कस्तो प्रदर्शन गर्छन भन्ने चर्चा रहेको छ ।

भारतको सम्भावित टिम: अभिषेक शर्मा, इशान किशन, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल, हार्दिक पाण्ड्या, शिवम दुबे, रिंकु सिंह, जसप्रित बुमराह, कुलदीप यादव र वरुण चक्रवर्ती ।

पाकिस्तानको सम्भावित टिम: साइम अयूब, साहिबजादा फरहान, सलमान आगा (कप्तान), बाबर आजम, उस्मान खान, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, शाहिन शाह अफ्रिदी, उस्मान तारिक र अबरार अहमद ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा

    काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि