टी-२० विश्वकपमा नेपालको लगातार तेस्रो हार

जारी टी-२० विश्वकपमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । आइतबार सम्पन्न वेस्ट इण्डिजसँग नेपाल ९ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १३४ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले १५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

वेस्ट इण्डिजका लागि शाइ होपले अविजित ६० रन बनाए भने शिमरोन हिटमायरले अविजित ४६ रन बनाएका थिए । त्यस्तै ब्राण्डन किंगले २२ रन बनाएका थिए । नेपालका लागि एक विकेट नन्दन यादवले लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शानदार अर्धशतकीय पारी खेल्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । दिपेन्द्र विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् । ऐरीले ४७ बलमा ५८ रन बनाएका थिए । त्यस्तै सोमपाल कामीले अविजित २६ रन बनाए भने लोकेश बमले १३, गुलशन झा र आसिफ सेखले ११- ११ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १, कप्तान रोहित पौडेलले ५, आरिफ सेखले २ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिजका बलर जासन होल्डरले ४ विकेट लिए भने अकील हुसैन, माथ्युज फोर्ड, शामर होल्डर र रोस्टन चेजले एक एक विकेट लिएका थिए ।

यो जितपछि वेस्ट इण्डिजले लगातार तीन जित हासिल गर्दै सुपर आठमा पुगेको छ । त्यस्तै नेपाल भने विश्वकपमा सुपर आठको दौडबाट बाहिरिएको छ । अब नेपालले आफ्नो अन्तिम खेल स्कटल्याण्डविरुद्ध मंगलबार खेल्ने छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा

    काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 13 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 16 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 20 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 11 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 24 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि