ट्रम्पको लोकप्रियता घट्यो, एप्रुभल रेटिंग माइनस १७ !

 अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता लगातार घट्दै गएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार उनक एप्रुभल रेटिंग दर घटेर ‘माइनस १७’ मा पुगेको छ, जुन उनको दोस्रो कार्यकालकै सबैभन्दा न्यून स्तर मानिएको छ ।

सार्वजनिक गरिएको विभिन्न सर्वेक्षण अनुसार कार्यकालको सुरुवातमा ट्रम्पले सकारात्मक समर्थन पाएका थिए । तर समयसँगै उनको समर्थन दर तीव्र रूपमा घट्दै गएको देखिएको छ ।

इतिहाससँग तुलना गर्दा हालसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिको समर्थन दर यति तल झरेको देखिएको छैन । ट्रम्पको लोकप्रियता जो बाइडेन, जिमी कार्टर र रोनाल्ड रीगनजस्ता पूर्व राष्ट्रपतिभन्दा पनि कम रहेको जनाइएको छ ।

मार्च २६ मा सार्वजनिक एक सर्वेक्षण अनुसार केवल ४१ प्रतिशत अमेरिकी नागरिक ट्रम्पको कामबाट सन्तुष्ट देखिएका छन् भने ५९ प्रतिशतले असन्तुष्टि जनाएका छन् । यो उनको दुवै कार्यकालमध्ये सबैभन्दा बढी अस्वीकृति दर हो ।

दलगत रूपमा पनि उनको समर्थन घटेको छ। रिपब्लिकन समर्थकमध्ये उनको समर्थन ८४ प्रतिशतमा झरेको छ, जुन गत वर्षको मार्चमा ९२ प्रतिशत थियो । डेमोक्रेटिक समर्थकमध्ये ९५ प्रतिशतले असन्तुष्टि जनाएका छन्।

स्वतन्त्र मतदातामाझ पनि उनको अवस्था कमजोर देखिएको छ । केवल २५ प्रतिशतले समर्थन जनाउँदा ७५ प्रतिशतले विरोध गरेका छन् ।

अर्को एक सर्वेक्षणमा ट्रम्पको समर्थन दर ३३ प्रतिशत र अस्वीकृति ६२ प्रतिशत रहेको देखाइएको छ, जसमा ५३ प्रतिशतले कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

विशेषगरी इरानसम्बन्धी नीतिमा पनि उनलाई कम समर्थन प्राप्त भएको छ। सो विषयमा मात्र २९ प्रतिशतले समर्थन जनाउँदा ६३ प्रतिशतले असहमति जनाएका छन् ।

  • Related Posts

    अमेरिकालाई सैन्य आधार प्रयोग गर्न नदिन इटाली

    काठमाडौँ । इटालीले अमेरिकालाई आफ्नो सैन्य आधार प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको छ । सिसिली टापुस्थित सिगोनेला सैन्य आधारमा अमेरिकी विमान अवतरण गराउने योजनालाई इटालीले रोक लगाएको हो ।…

    इरानमा सरकारी भवनमा आक्रमण गर्ने दुई जनालाई मृत्युदण्ड

    काठमाडौँ । इरानमा सरकारी भवनमाथि आक्रमण गरेको आरोपमा दोषी ठहरिएका दुई जनालाई मृत्युदण्ड कार्यान्वयन गरिएको छ । अदालतका अनुसार ती दुवै व्यक्ति विभिन्न आक्रमणमा संलग्न रहेका थिए र उनीहरूले रकेट…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा संचालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित ” तालिम सम्पन्न-

    • March 31, 2026
    • 36 views
    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा संचालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित ” तालिम सम्पन्न-

    मालीगाउँका सई घुस रकमसहित पक्राउ

    • March 31, 2026
    • 22 views
    मालीगाउँका सई घुस रकमसहित पक्राउ

    अमेरिकालाई सैन्य आधार प्रयोग गर्न नदिन इटाली

    • March 31, 2026
    • 18 views
    अमेरिकालाई सैन्य आधार प्रयोग गर्न नदिन इटाली

    कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

    • March 31, 2026
    • 15 views
    कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

    ट्रम्पको लोकप्रियता घट्यो, एप्रुभल रेटिंग माइनस १७ !

    • March 31, 2026
    • 21 views
    ट्रम्पको लोकप्रियता घट्यो, एप्रुभल रेटिंग माइनस १७ !