एमसीसी पारित हुँदा चीनले दुःख पाउनुपर्ने कुरा नभएको उनले बताए । बैठकमा नेता महतले एमसीसी इन्डो प्यासेफिक रणनीति अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताएका थिए । तर अहिले जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको हामीलाई भन्नुभयो

राष्ट्रको हितमा रहेको एमसीसी अनुमोदन नगरेर अमेरिकासँग सम्बन्ध बिगार्नतिर लाग्न नहुने महतले बताए ।पूर्वअर्थमन्त्री महतले एमसीसीले दिएको समय, १६ फागुनभित्रै अनुमोदन गराउनुपर्ने बताए । ‘दिएको सहयोग लिएन भनेर अमेरिकासँग सम्बन्ध बिग्रन सक्छ’ महतले भने,

‘अमेरिका जस्तो शक्तिशाली देशले दिएको सहयोग लिनुपर्छ । यो राष्ट्रको हितमा छ । राष्ट्रको हित बिपरीत हामीले निर्णय गर्नु हुँदैन’, संसदीय दलको बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै महतले भने ।