‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ 

वालिङ (स्याङ्जा) । यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ-१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गरेका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गरेका हुन् ।

चार हजार पाँच सय केजी ड्रागन बिक्री गरेर उक्त आम्दानी लिन सफल भएको व्यवसायी ढुङ्गानाले बताए । असी रोपनी जग्गा भाडामा लिएकोमध्ये ४० रोपनीमा तीन वर्षअघि व्यावसायिक ड्रागनखेती गरेका ढुङ्गानाले यस वर्ष एकै याममा मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

“असी रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेको हुँ”, उनले भने, “सुरुमा मलाई केही पनि ज्ञान थिएन, युट्युब हेर्दै काम गर्न थालेँ, सिक्दै गएँ अहिले धेरै राम्रो भएको छ, कमाई पनि राम्रो भएको छ ।” ड्रागन थोकमा प्रतिकेजी रु चार सयका दरले र खुद्रामा प्रतिकेजी रु पाँच सयका दरले बिक्री भएको उनले बताए। यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा र वालिङमा खपत भएको हो ।

आफ्नो र बाँकी जग्गा दाजुभाइको भाडामा लिएर अहिले ४० रोपनीमा पाँच हजार ड्रागनले फल दिएको उनले बताए । “नयाँ र नौलो व्यवसायको थालनी गर्दा हेर्न आउनेहरूले के नचाहिँदो काम गरेको होला भनेर होच्याउने गर्थे, पागल भएछ कि क्या हो समेत भन्थे”, उनले भने, “अहिले व्यवसाय राम्रो भएर आम्दानी लिन थालेपछि पहिला नराम्रो भन्नेहरू पनि हेर्न र बुझ्न बगैँचामा आउने गरेका छन् ।”

उनले एउटा पिलरमा तीन वटाका दरले ड्रागनका बेर्ना लगाएका छन् । ड्रागन बगैँचामा बिरुवाको बीच–बीच भागमा अदुवा, सखरखण्ड, पिँडालुलगायत मिश्रित बाली लगाएका छन्। “नयाँ र नौलो फल भएकाले यहाँ आउनेलाई खान दिने, आफन्तलाई कोसेली पठाउनेसमेत गरियो”, उनले भने, “आम्दानी अझै धेरै हुन्थ्यो, वर्षामासमा परेको निरन्तरको झरीले झण्डै रु १० लाखको ड्रागनको फूल नै नष्ट गरिदियो ।” उनले ड्रागन फलसँगै बेर्ना पनि बिक्री गरी आम्दानी गर्दै आएका छन् ।

  • Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    पहिलो

    • June 2, 2026
    • 28 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 40 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 41 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 47 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 44 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 43 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन