नाग्म–गमगडी सडक स्तरोन्नति गरिँदै

जुम्ला, ८ असार : आन्तरिक तथा बाह्य पर्यटनको एक मात्र उपयुक्त आकर्षण पर्यटकीय गन्तव्यका रुपमा रहेको रारातालसम्म पुग्ने नाग्म–गममडी सडक स्तरोन्नति गर्न उक्त खण्ड १५ दिनसम्म बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक गरेको सूचना अनुसार यही असार ९ देखि २३ गतेसम्म बिहान ५ः३० देखि बिहान १० बजे र दिउँसो १ देखि ४ बजेसम्म सवारी आवगमन बन्द हुनेछन् ।

निर्माणाधीन नाग्म–गमगडी सडकखण्डको कनका सुन्दरी गाउँपालिकाको हाँटसिंजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले यातायात बन्द गर्नु परेको सडक डिभिजन कार्यालयका प्रमुख चेतनारायण मण्डलले बताउनुभयो । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने उक्त सडकलाई स्तरवृद्धि गर्न लागिएकाले काम गर्न सहज बनाउने उद्देश्यले यातायात बन्द गरिने उहाँले जानकारी दिनुभयो ।

निर्माण अवधिमा यातायात बन्द हुने भएपछि रारा आउने पर्यटकका साथै मुगु आवतजावत गर्ने यात्रुलाई सास्ती हुने स्थानीय बताउँछन् । नाग्म–गमगडी सडकको पहिलो चरणमा छ किमी सडक कालोपत्र भएको छ । बाँकी चरणबद्ध रुपमा सडकलाई कालोपत्र गरिने जिल्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ ।

  • Related Posts

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ ।  दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक,…

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 47 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 37 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 38 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 38 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 39 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 37 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन