निर्दोष युवाको सहादत र सम्पत्ति विनाश दुवैको गम्भीर छानबिन जरुरी छ- प्रदीप पौडेल

काठमाडौं , नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब रुपान्तरणको यात्रामार्फत तिनको सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन् ।

रामेछापमा पत्रकार अन्तरक्रिया गर्दै उनले तर आन्दोलनका क्रममा गैरजेनजीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेको बताए । ‘जेनजी आन्दोलन विषयविहीन थिएन । समाजमा जकडिएर बसेका दलहरुले सुधार गर्न नचाहेको तथा नसकेका विषयहरु थिए। उनले भने, नीतिगत प्रावधानभित्र भएका विषयले हुर्काएका कुरा आन्दोलनले उठाएको छ ।

उनले ती विषय महत्वपूर्ण, गम्भीर र संवेदनशील भए पनि त्यसको नाममा स्वार्थको रोटी सेक्ने काम भएको बताए । ‘नेपालमा अहिलेसम्मकै ठूलो क्षति भएको छ, उनले भने, आन्दोलनभित्र छिरेर गैरजेनजीले उत्पात मच्चाउने र स्वार्थको रोटी सेक्ने काम गरे । राष्ट्रिय अन्तर्राष्ट्रिय स्वार्थहरु त्यसभित्र घुसेर परिस्थिती यस्तो भयो ।

आन्दोलनका क्रममा पहिलो दिनमै त्यति धेरै युवाले सहादत प्राप्त गरेको विषय समेत गम्भीर भएकाले छानविन हुनुपर्ने उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पौडेलले यस क्रममा भएको क्षतिले राज्यले आफ्नो सम्पत्ति र नागरिकको सम्पत्ति रक्षा गर्न सक्ने विषय प्रश्नका रुपमा खडा भएको भन्दै यसको छानबिन आवश्यक रहेको बताए । ‘युवाहरुको सहादत र व्यक्ति तथा राज्यको सम्पत्ति दुवैको असुरक्षा र विनाशलाई गम्भीर रुपमा हेरिनुपर्छ । यसलाई सामान्य रुपमा लिन सकिन्न यो सरकारले छानविन गर्नुपर्छ ।

अब देश स्थिरतातर्फ जानुपर्ने र देशलाई सहि मार्गमा लैजानका लागि निष्पक्ष र शान्तिपूर्ण ढंगबाट निर्वाचत हुनुपर्ने भन्दै उनले भने,‘राज्यका संयन्त्रमा उठेका प्रश्नहरु उत्तरित हुनुपर्छ । यसो भए मात्र समस्या हल हुन सक्छ । सरकारको क्याबिनेटमा अन्तिम समयसम्म पनि जेनजीको विषय र सामाजिक सञ्जालको विषय उठाउने आफू पहिलो व्यक्ति भएको भन्दै पूर्व मन्त्री पौडेलले आफूले क्याबिनेटमा सामाजिक सञ्जालको हकमा बन्द गर्नु हुँदैन भनेको स्मरण गरे ।

आफू यस्तो परिस्थितीमा पदमा बस्नु उचित हुँदैन भनेर २३ गते नै राजीनामा दिने मनस्थिीतिमा भए पनि पार्टीसँग छलफल आवश्यक भएकाले भोलिपल्ट राजीनामा दिएको बताए । ‘प्रधानमन्त्रीलाई राजीनामा बुझाउन र उहाँलाई समेत यो अवस्थामा पदमा बसिरहन हुन्न भनेर म बालुवाटार जाँदै थिएँ, उनले भने । त्यसबीचमा परिस्थिती बदलिएकाले सामाजिक सञ्जालबाट राजीनामा दिएका ेभन्दै उनले आफ्नै व्यवस्थापनमा सुरक्षित बसेको बताए ।

  • Bishnu Timalsina

    Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 59 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला