नेतन्याहुसहित ३५ जनाविरुद्ध टर्कीमा मुद्धा, ४६ सय वर्षसम्म कैद माग

 टर्कीमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । यो मुद्दा गाजा क्षेत्रमा जाँदै गरेको राहत अभियानमाथि भएको कथित आक्रमणसँग सम्बन्धित रहेको जनाइएको छ ।

इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले आरोपपत्र दायर गर्दै सबै आरोपितलाई कडा सजायको माग गरेको छ । आरोपपत्रमा जन्मकैदसँगै ११ सय २ वर्षदेखि ४५ सय ९६ वर्षसम्म कैद सजायको माग गरिएको उल्लेख छ ।

आरोपितहरूविरुद्ध मानवताविरुद्धका अपराध, नरसंहार, गैरकानुनी थुनछेक, यातना तथा लुटपाटजस्ता गम्भीर अभियोग लगाइएको छ । यो घटना गत वर्ष सेप्टेम्बरमा भएको थियो, जतिबेला ‘सुमुद फ्लोटिला’ नामको राहत अभियान गाजातर्फ अघि बढिरहेको थियो ।

उक्त जहाजहरूमा खाद्यान्न, औषधि तथा अन्य आवश्यक राहत सामग्री बोकेर पठाइएको थियो । अनुसन्धानका अनुसार अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा पुगेका बेला इजरायली नौसेनाले ती जहाज रोकेको आरोप छ । सैनिकहरू जहाजमा चढेर कार्यकर्तालाई नियन्त्रणमा लिएको र जहाजलाई अगाडि बढ्न नदिएको बताइएको छ ।

टर्कीले उक्त कारबाही अन्तर्राष्ट्रिय कानुनविपरीत भएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमै राहत सामग्री बोकेका जहाज रोकिनु गम्भीर अपराध भएको ठहर गर्दै यो मुद्दा दर्ता गरिएको जनाइएको छ ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 50 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 38 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 40 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 39 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 41 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 38 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन