‘नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने’

सिद्धार्थनगर (रुपन्देही), ९ असारः लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा सूचना तथा सञ्चार, प्रविधिको विकासको नवीनतम् प्रयोग (कृत्रिम बौद्धिकता) सम्बन्धी कार्यक्रम शनिबार उद्घाटन गर्दै उहाँले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तिलाई देशमै उपयोग गर्नेबारे सबै पक्षले छलफल चलाउनुपर्ने बताउनुभएको हो ।

लुम्बिनी प्रदेश सरकारले पर्यटन, पर्यावरण, कृषि, जलस्रोतलगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरी नेपाली श्रमबजारलाई यहीँ खपत हुने वातावरण सृजना गर्ने उहाँले जानकारी दिनुभयो । “नेपाली श्रमिकको श्रममूल्य नेपालमा कम रहेकाले विदेशिनुपर्ने बाध्यता रहेको छ”, मुख्यमन्त्री महराले भन्नुभयो, “नेपाली उत्पादनको वृद्धि र श्रममूल्य समयसापेक्ष बनाउन जरुरी देखिन्छ ।”

राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्धारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सबैले जोड दिन सुझाव दिनुभयो ।

कार्यक्रममा विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षकलगायत सहभागी थिए । मुख्यमन्त्री महराले संसारमा विकसित हुँदै गरेको डिजिटल प्रविधिलाई सही रूपमा प्रयोग गर्न जरुरी भएको बताउँदै दुरुपयोग हुने विषयवस्तुलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।

“नेपालको शिक्षालाई प्रविधिसँग जोड्नु जरुरी छ”, उहाँले भन्नुभयो, “प्रविधि र सञ्चारसँग जोडिएको शिक्षा प्रभावकारी देखिएको छ ।” नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी विदेशिने क्रम बढ्दो रहेकाले यस विषयमा अनुसन्धान र खोज गरी नेपालमा अध्ययन गर्ने वातावरण तयार गर्न उहाँले आग्रह गर्नुभयो ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेख भण्डारी, पूर्व स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा शैलेन्द्र गिरी, नेपाल टेलिभिजनका नायब महाप्रबन्धक इन्जिनियर चिन्तामणि बराल र नेपाल टेलिकमका इन्जिनियर रविराज यादवले कृत्रिम बौद्धिकतासम्बन्धी डिजिटल प्रविधिको प्रयोग र फाइदाका विषयमा प्रशिक्षण गराउनुभएको थिए ।

  • Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 47 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 36 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 37 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 37 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 38 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 35 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन