नेपाली बक्स अफिस रिपोर्ट: परानको कमाई साढे ३ करोड नाघ्यो

काठमाडौँ । अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म कुल ग्रस कमाइ ३ करोड ७१ लाख ३६ हजार ५५३ रुपैयाँ छ । शनिबार मात्र फिल्मले १ करोड २० लाख कमाइ गरेको थियो । त्यस्तै परानका हालसम्म एक लाख २८ हजार ६७९ टिकट बिक्रि भएका छन् ।  

बाबु-छोराको भावनात्मक सम्बन्धमा आधारित फिल्म ‘परान’ ले हलमा दर्शकलाई तानिरहेको छ । दीपक प्रसाद आचार्यको निर्देशनमा बनेको फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ लगायतको पनि अभिनय रहेको छ । 

त्यस्तै अनमोल केसीको फिल्म ‘जेरी अन टप’ घरेलु बक्स अफिसमा यस बर्ष धेरै कमाई गर्ने फिल्म बनेको छ । चलचित्र विकास बोर्डले सार्बजनिक गरेको कार्तिक २२ गते शनिबारसम्मको आधिकारिक ग्रस कमाइमा जेरी अन टपले देशभर ११ करोड ७१ लाख ४१ हजार ४९८ रूपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको ३ लाख ७५ हजार ८१ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ ।

त्यस्तै हाल प्रदर्शनमा रहेको फिल्म वरिष्ठ बलरामले २ करोड ५६ लाख ५७ हजार ९२९ ग्रस कमाइ गरेको छ । त्यसैगरी फिल्म मैझारोले एक करोड ४ लाख २९ हजार २८८ र फिल्म सोल्टिनीले २९ लाख ५ हजार ९५६ ग्रस कमाई गरेको बोर्डले जानकारी दिएको छ ।

  • Related Posts

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    इराकमार्फत इरानले ब्यापार गर्दै

    काठमाडौं । अमेरिकाको नाकाबन्दीका कारण इरानमा सामान ढुवानी गर्न कठिनाइ बढ्दै गएको छ । वैकल्पिक मार्गको खोजीमा इरानले सुरुआतमा ओमानको खासाब बन्दरगाह प्रयोग गर्न थालेको भए पनि त्यहाँ जहाजहरूको चाप…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 83 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 31 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 50 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 38 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 36 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 40 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची