नेपाल चेम्बर र कोरियाको ब्रिज इन्टरनेशनलबीच सहकार्यको सम्झौता

काठमाडौं । कृषि, जडिबुटी तथा बन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यम एसएमइजको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ । 

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा कृषि, जडिबुटी तथा बन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत जीनसोल वाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा दुवै पक्षले कृषि तथा उद्यमशीलतासम्बन्धी जानकारी आदानप्रदान गर्ने, नेपालको बजार अवस्था र व्यवसायिक सम्भावनाबारे संयुक्त अध्ययन गर्ने विषयहरू समावेश गरिएका छन् ।

ब्रिज इन्टरनेशनलले नेपालको नवप्रर्वद्धन व्यवसायलाई केन्द्रदेखि स्थानीय तहसम्म प्राविधिक सहयोग पु¥याउने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै, नेपाल र कोरियाका स्टार्टअपहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी र प्रवद्र्धन गर्ने, व्यवसायिक नेटवर्किङका अवसर सिर्जना गर्ने, साथै मेन्टरसिप र सीप आदानप्रदान गर्ने सहमति भएको छ । दुई संस्थाबीच संयुक्त कार्यशाला, प्रशिक्षण र अनुभव आदानप्रदान मार्फत दुवै देशका नवप्रर्वद्धन व्यवसायीलाई लाभ हुने विश्वास गरिएको छ । 

यसैगरी, दुवै देशका व्यवसायी तथा उद्यमशील युवाबीच एक अर्काका देशमा भ्रमण मार्फत व्यवसाय प्रवद्र्धन गर्ने, एक अर्काको बजारमा सम्भाव्यताका अवसर खोज्ने र नयाँ सम्भावनाहरू विकास गर्ने योजना पनि सम्झौतामा उल्लेख छ । साथै, कोरियाबाट सीप सिकेर फर्किएका युवाहरूको लगत संकलन गरी, उनीहरुको उद्यमशीलता क्षमता अभिवृद्धि र व्यवसायिक सञ्जाल विस्तारमा नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने भएको छ ।

खासगरी कृषि व्यवसाय, जडिबुटी तथा बन, र साना–मझौला उद्यम विकासलाई प्राथमिकतामा राख्दै गरिएको यो सहकार्य सम्झौताले नेपालमा उद्यमशीलताको वातावरणलाई थप मजबुत बनाउने चेम्बरले विश्वास व्यक्त गरेको छ । यस सम्झौताले नेपाली कृषक, उद्यमी र नवप्रर्वद्धन व्यवसायीलाई अन्तर्राष्ट्रिय अनुभव र सीप सिक्ने अवसर दिलाउने मात्र नभई, दुवै देशबीच दीगो आर्थिक साझेदारीको बाटो खोल्ने अपेक्षा गरिएको छ ।

  • Related Posts

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको ३ लाख ११ हजार ३ सयमा…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन