नेपाल-भारतका राजनीतिज्ञ तथा विषयविज्ञहरू शनिबार वीरगंजमा जुट्दै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०६ भाद्र । प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) को आयोजनामा भोली भदौ ०७ गते शनिबार हुने “उत्साह र सङ्घर्षको आलोकमा: प्रदीप गिरिको सम्झना” कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । उद्योग वाणिज्य संघ पर्साको हलमा हुने कार्यक्रममा नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा विषय विज्ञहरू सहभागी हुँदैछन् ।

कार्यक्रम प्रदीप गिरिको तेस्रो वार्षिकीको अवसर पारेर आयोजना गर्न लागिएको हो ।कार्यक्रम उद्घाटन समारोहसहित चार भागमा विभाजन गरिएको छ। उद्घाटन सत्रपछि तीन फरक शीर्षकका सत्रहरू (panel) मा राजनीतिक चिन्तक प्रदीप गिरिको बहुआयामिक पक्षबारे चर्चा गरिने पीजीआईका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले जानकारी दिनुभएको छ । ‘

‘प्रदीप गिरिको जीवन, विचार र वहाँले जिउनुभएका मूल्यहरू—नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यभावमाथि अर्थपूर्ण मन्थन गर्न हामीले यो कार्यक्रम गरिरहेका हौं’’, पीजीआईका अध्यक्ष झाले भन्नुभयो, ‘‘वहाँका घनिष्ठ मित्रहरू, राजनीतिक नेताहरू र दुबै देशका प्रशंसकहरूलाई वहाँको विरासत सम्झन, वहाँले चासो राख्ने मुद्दाहरू माथि चिन्तन गर्न र वहाँका भावनाहरू अघि बढाउनका निमित्त यो एउटा महत्वपूर्ण अवसर बन्ने हाम्रो बुझाई छ ।’’

कार्यक्रमको उद्घाटन सत्रमा वहाँ सँग नजिक रहनुभएका पर्सा बाट प्रतिनिधित्व गर्नुहुने नेपाली कांग्रेसका नेताहरू रमेश रिजाल, अनिल रूङ्गटा, जनार्दन सिंह क्षेत्री लगायतले सम्बोधन गर्नुहुनेछ । त्यस्तै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष सुधिर कर्ण, नेपालका लागि भारतीय महावाणिज्य दूत देबी सहाय मिना सहित प्रदीप गिरिका सहोदर दाई शेखर गिरिले सम्बोधन गर्नुहुने तय भएको छ ।

‘किन नागरिक समाज र सञ्चारमाध्यमलाई प्रदीप गिरिको खाँचो महसुस हुन्छ ? आज विवेकको बोली कसले बोल्ने?’ शीर्षकमा पहिलो सत्र संचालन हुनेछ । जहाँ राजनीतिशास्त्री हरि शर्मा, पत्रकार चन्द्रकिशोर झा, राजनीतिक विश्लेषक सुचेता प्याकुरेल र समाज अध्येता डा. भाष्कर गौतम सहभागी हुनुहुनेछ । ‘प्रदीप गिरि: मनै देखि समाजवादी वा परिचयभन्दा माथिको एक दूरदर्शी, जसले लोकतन्त्र बाँच्यो ?’ शीर्षकमा हुने दोस्रो सत्रमा माओवादी केन्द्रका सचिव एवम् मार्क्सवादी नेता राम कार्की, भारतीय कंग्रेसका पूर्व महासचिव एवम् प्रदीप गिरिका परम मित्र मोहनप्रकाश, लेखक/अध्येता कैलाश राई र नेपाल-भारत राजनीतिका जानकार एवम् चुनावी रणनीतिकार समृद्ध घिमिरे सहभागी हुने तय भएको छ ।

त्यस्तै अन्तिम सत्र ‘नेपाल, भारत र सीमाञ्चल: युवा, संस्कृति र पहिचानको राजनीति’ शीर्षकमा हुनेछ । जहाँ नेपाली कांग्रेसका महामन्त्री गगन थापा, भारतीय जनता पार्टीका नेता एवम् संघीय सांसद डा. संजय जैसवाल, आरजेडीका नेता एवम् संघीय सांसद सुधाकर सिंह, साउथ एसियन युनिभर्सिटी दिल्लीका सह-प्राध्यापक डा. मल्लिका शाक्य र पीजीआईका अध्यक्ष कञ्चन झा रहनु हुनेछ ।

सीमा रेखालाई बाधा नभई सेतुको रूपमा देख्नुहुने प्रदीप गिरिको सीमाञ्चल सम्बन्धी धारणा तथा नेपाल र भारतको साझा भविष्य एवम् सांस्कृतिक नाताको विषयमा यो सत्रमा चर्चा हुने झाले जानकारी दिनुभयो। सीमावर्ती ऐक्यबद्धता, आर्थिक सहकार्य र राजनीतिक समझदारीको पक्षमा आवाज मुखरित गर्नुभएका प्रदीप गिरिका विचारहरू सीमावर्ती क्षेत्रमा हुर्कँदै गरेका नयाँ पुस्तालाई कसरी सान्दर्भिक हुन सक्छन् भन्नेमा यो सत्र फलदायी हुने विश्वास आयोजकको छ ।

कार्यक्रमको साझेदार वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले कार्यक्रम भव्य र उपलब्धीमुलक हुने बताउनुभयो। कार्यक्रममा दर्सक/स्रोताको चापलाई मध्यनजर गरी हलबाहिर पनि एलईडी स्क्रिनसहित बस्ने व्यवस्था मिलाइएको अध्यक्ष गौतमले जानकारी दिनुभएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन