नेपाल शान्ति पद यात्राको शुभारम्भ

– स्पन्दन न्यौपाने
काठमाडौ, कार्तिक १७ गते । नेपाल शान्ति पद यात्रा कार्यक्रमको ३ दिवसीय कार्यक्रमको आजदेखि सुभारम्भ भएको छ । नेपाल शान्ति पदयात्रामा ३५ जनाले सहभागिता जनाका छन् । उनीहरुले शान्ति द्वीप बोकेर स्वयम्भुबाट चावहिल–बौद्ध हुँदै भक्तपुरमा भएर बास बस्नेछन् । दोस्रो दिन भक्तपुरबाट बनेपा र तेस्रो दिन बनेपाबाट नमोबुद्ध, इँटे हुँदै पनौती उत्तर प्रयाग हुँदै राजकुमार महासत्वको जन्मस्थान पानचाल दरवार(भगवान् वाहल)मा पुगी बिसर्जन हुने आयोजकले बताएको छ ।
किंवदन्तिअनुसार स्वयम्भूबाट समाधिस्थलको यात्रा क्रममा, श्रीघ, थिमी, भक्तपुर, नाला, पञ्चाल (पनौती), इँटे हुँदै आध्यात्मिक स्थानमा पुग्नुभएको रहेछ । ती किवदन्तिलाई आधार मानी विकसित बौद्घ सम्पदा लक्षित निम्नानुसारको मार्ग बनाइयो; स्वयम्भू महाचैत्य – श्रीघ– थहिटी बहा – जम बहा – कमल पोखरी – चारुमती – बौद्घनाथ – नगदेश बिहार – मुनी बिहार – धाग्पो शेड् रुबलिङ्ग गुम्बा – श्रृष्टिकान्त लोकेश्वर – ध्यानाकुटी बिहार – नःम बुद्घ द्योःछे – इँटे – नःम बुद्घ मन्दिर – नःम बुद्घ अभयदान क्षेत्रमा पुगेको आधारमा विगत ९ वर्षदेखि यस पदयात्राको आयोजना गरिएको कार्यक्रम संयोजक एवं संस्कृतिविद् विश्व उलकले बताए ।


पहिलो दिन आज बिहान ८ बजे स्वयम्भुबाट सुभारम्भ भई चावहिल चारुमति विहार परिक्रममा गरी चाबहिलस्तुप आउँदा चारुमति बुद्धिष्ट मिशनका अध्यक्ष तथा भिक्षु तपस्वी धम्मले सबैलाई फूल र दोसल्ला ओढाइ स्वागत गरेका थिए । चारुमति बज्रपानी निजी गुठी र चारुमति बुद्धिष्ट मिशन नेपालका पदाधिकारीहरुले स्वागतसहित चियापान गराएका थिए । त्यस्तै, शान्ति द्वीप बोकेर आउनेलाई सामुदायिक सेवा केन्द्र,बौद्धका अध्यक्ष बीरबहादुर लामासहित सामुदायिक प्रहरी सेवा केन्द्र, छोरङान महिला समूह, श्री तामाङ श्री बौद्ध तामाङ कल्याण गुठी, बौद्ध एकता महिला समूह, बौद्ध जेष्ठ नागरिक समाज, महिला वातावरण समूह, जापानी सुचना केन्द्र लगायतका विभिन्न संघसंस्थाहरुले बौद्ध गेटदेखि खादा र रुद्राक्षको मालाले स्वागत गरेका थिए ।


काठमाडौँ महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुवन लामाले पदयात्रामा सहभागिहरुलाई स्वागतसहित खानपानको व्यवस्थापन गरेका थिए ।
सामुदायिक सेवा केन्द्र बौद्धका अध्यक्ष वीरबहादुर वाइबाले शान्ति पदयात्रामार्फत धार्मिक पर्यटन समेत विस्तार गर्न सकिने हुनाले यस्तो किसिमका कार्यक्रमहरूमा बौद्धबासीबाट सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।


३ दिने यात्रा पहिलो दिन भक्तपुरमा, दोस्रो दिन बनेपामा र तेस्रो दिन नमोबुद्ध हुँदै पनौतीमा पुगी समापन हुने आयोजक संस्थाका हलि नेवा गुठीका अध्यक्ष सुरेश सैजूले बताए ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 14 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 19 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 22 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि