नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न-

दीपेन्द्र प्रजापति/बीरगंज ।

बिरगंज, १३ असार । नेशनल मेडिकल कलेजमा स्नातकोत्तर (पिजी) अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न गरिएको छ ।

शुक्रबार कलेजमा एक कार्यक्रममा पिजी अध्ययनका लागि भर्ना भएका ५३ जना विद्यार्थीहरुलाई स्वागतसँगै शैक्षिक अभिमुखीकरण सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले भर्ना भएका विद्यार्थीहरुलाई लगनशील र मेहनतका साथ अध्ययन गर्न सुझाउनु भयो । पछिल्लो समय नेपालको चिकित्सा शिक्षाको गुणस्तरीय र प्रतिष्पर्धात्मक भएको बताउँदै विद्यार्थीहरुले स्नातकोत्तर तहमा झनै मेहनत गरेर अध्ययन गर्नुपर्ने बताउनु भयो ।

आफुले ५० वर्षअघि अध्ययन गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै नै सुधार र फरक भइसकेको जनाउँदै प्रा.डा. अन्सारीले त्यसबेला स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरु पनि कम हुने स्मरण गर्नुभयो । ‘हाम्रो पालामा पोस्ट ग्राजुएट गर्न इण्डिया जानु पर्दथ्यो । मुस्किलले १०, १५ जना हुन्थ्यौं । त्यसमा पनि सर्जरी र एनेस्थेसियामा महिला त हुँदै हुँदैनथे, धेरै महिला विद्यार्थीहरु रगत देख्ने वित्तिकै डरले बेहोस नै हुन्थे ।’ तर, विगत एक दशक यता नेपालमै मेडिकल शिक्षा सर्वसुलभ हुँदा हरेक मेडिकल शिक्षा लिने महिला विद्यार्थीहरुको संख्या बढ्दै गएको भन्दै उहाँले भन्नुभयो, ‘अहिले सर्जरी र एनेस्थेसिया अध्ययन गर्न महिला विद्यार्थीहरु बढिरहनु भएको छ, रातभर अप्रेसन कक्षमा बसेर काम गरिहनु भएको छ । यो गर्व गर्न लायक विषय हो ।’ नेपालमै चिकित्सा शिक्षा हासिल गर्ने वातावरण नहुँदो होत धेरै महिलाहरु डाक्टर बन्न सक्नुहुन्नथ्यो ।

’प्रा.डा. अन्सारीले पिजी विद्यार्थीहरुले ३ वर्ष गर्ने मेहनत, लगनशीलताले उनीहरुको भविष्य निर्धारण गर्ने बताउँदै कुनैपनि रोगको पहिचान र उपचार गर्न बिरामी प्रति गम्भिर र संवेदनशील भएर लाग्नुपर्ने बताउनु भयो । ‘अबको ३ वर्ष तपाईहरुले गर्ने अध्ययन, बिरामी प्रति देखाउने व्यवहारले तपाईहरुको भविष्य कस्तो हुन्छ निर्धारण गर्दछ । यसकारण आफ्नो पेशा प्रति गम्भिर बन्नुस, मेहनत गर्नुस्, बिरामीहरु प्रति जिम्मेवार भएर प्रस्तुत हुनुहोस् । नेशनल मेडिकल कलेज तपाईहरुको अध्ययन, अध्यापनमा सदैव सकारात्मक सहयोग गर्न तत्पर रहन्छ ।’ चिकित्सा शिक्षा अध्ययन गर्न अनुशासन र मेहनत नै सबैभन्दा महत्वपूर्ण भएको भन्दै उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै कलेजका प्रबन्ध निर्देशक शाहनावाज़ अंसारीले स्वास्थ्य सेवामा काम गर्ने जनशक्तिहरुले मानवीयतालाई प्रमुखता दिएर काम गर्नुपर्ने बताउनु भयो । ‘तपाईहरुले सोच्नुपर्यो कि बिरामी नै मेरो किताब हो, मानवीयता कहिल्लै विर्सनु हुँदैन, फेरी सबै बिरामीको एउटै लक्षण हुँदैन, सबैको एउटै टाइम्स हुँदैन तर, सबैको डायग्नोसिस हुनुपर्छ ।’ प्रबन्ध निर्देशक अंसारीले लगनशीलताका साथ पढाईलाई अगाडी बढाउन सुझाउँदै भन्नुभयो ।

पछिल्लो समय नेपालको स्वास्थ्य सेवाको विषयहरु कडा बन्दै गइरहेको र कतिपय केसहरु अदालतमा समेत पुगिरहेकोले बिरामीहरुको उपचारमा कुनैपनि लापरवाही, हेलचेक्र्याई नगरी अगाडी बढ्न सुझाउनु भयो । बिरामीको चेक जाँच, उपचार देखि डिस्चार्जसम्ममा रेजिडेण्ट डाक्टरहरुको महत्वपूर्ण भूमिका रहने भएकोले हरेक कुराहरु गहन रुपमा अध्ययन गर्न आग्रह गर्नुभयो । मेडिकल शिक्षा क्षेत्रमा नेशनल मेडिकल कलेज उत्कृष्ट कलेज रहेको जनाउँदै विद्यार्थीहरुको अध्ययन, अनुसन्धान र सिकाईका लागि कलेज ब्यवस्थापन सदैव सकारात्मक रहने जिकीर गर्नुभयो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. के एन सिंह ,मार्केटिंग तथा अडमिसन निर्देशक आबिद हुसैन अंसारी ,अस्पताल निर्देशक डा. इसरत जहाँ अंसारी, भाइस प्रिन्सिपल डा. रवि शंकर गुप्ता , भाइस प्रिन्सिपल बि डी एस प्रो.डा. सरोज प्रसाद देव , नर्सिङ निर्देशक प्रो.गंगा गुरुङ , भाइस प्रिन्सिपल नर्सिङ प्रो.डा.बबिता सिंह , प्रमुख पिजी संयोजक प्रो.डा.रवि कुमार शाह लगाएत पिजी फेकेल्टीका प्रमुखहरु उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कलेजमा अध्यनरत बिधार्थी आयुस्मा महतो र एस्वर्या वेनेसाले गरेकी थिए ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 36 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन