नेशनल मेडिकल कलेज तथा रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगञ्ज बीच स्वास्थ्य सेवा सम्बन्धी सहमति-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज १७ भाद्र । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्जस्थित एक अग्रणी स्वास्थ्य संस्था र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर गरिएको छ। यस सहमतिपत्रमार्फत रोट्र्याक्ट क्लबका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई गुणस्तरीय, सहज र सहुलियतमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने सहमति भएको छ ।

उक्त कार्यक्रम नेशनल मेडिकल कलेज तथा टिचिङ हस्पिटलको कार्यालय परिसरमा सम्पन्न भएको हो। सहमति पत्रको अवधि प्रारम्भमा एक वर्षको रहनेछ भने आपसी समिक्षा पश्चात नविकरण गर्न सकिने व्यवस्था गरिएको छ ।सहमति अनुसार क्लबका सदस्यहरूलाई आपतकालीन अवस्थामा “ग्यारेन्टी अफ पेमेंट को आधारमा तुरुन्त स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

साथै दुबै पक्षको आपसी समझदारीमा नियमित रूपमा स्वास्थ्य शिविर तथा अन-साइट क्लिनिकहरू सञ्चालन गरिनेछन्, जसबाट सदस्यहरू लाभान्वित हुनेछन् । यसका साथै, नेशनल मेडिकल कलेजले क्लबका लागि विभिन्न विशेष छुटहरू प्रदान गर्नेछ । छुटमा ओपीडी टिकटदेखि लिएर बेड, सर्जरी, परीक्षण, इमेजिङ सेवा र फार्मेसीसम्मका सेवाहरू समावेश छन् । सहमति अनुसार दुबै पक्षबीच आदानप्रदान हुने सम्पूर्ण जानकारीलाई पूर्णरूपमा गोपनीय राखिनेछ ।

कार्यक्रममा नेशनल मेडिकल कलेज प्रा.लि.को तर्फबाट शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यस्मिन ,प्रमुख सूचना अधिकृत इञ्जि. प्रदीप चौधरी , मार्केटिङ म्यानेजर जितेश चन्द्र दास , प्रशासन अधिकृत विश्वनाथ कन्थ र प्रशासन अधिकृत पप्पु सिंह उपस्थित रहेको थियो । त्यस्तै, रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको तर्फबाट अध्यक्ष रट्र. रोशनी भट्टराई , सचिव सुजल ठाकुर , चार्टर्ड अध्यक्ष राजिश कुमार चौधरी , सह-सचिव तथा प्रोफेशनल सेवा संयोजक सौरभ पोखरेल लगायत क्लबका साधारण सदस्यहरू आर्यन ठाकुर, उत्तम मण्डल, सागर रेग्मी, प्रीती सुवेदी, सारोसी श्रेष्ठ र विद्या भारतीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा. रुबी श्रेष्ठ यस्मिनले नेशनल मेडिकल कलेजको सामाजिक उत्तरदायित्वबोधअनुसार यस्तो सहकार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रोट्र्याक्ट क्लबसँगको सहकार्यले युवाहरूमा स्वास्थ्य सचेतना फैलाउने काममा टेवा पुर्याउने उल्लेख गर्नुभयो। यस्तै, रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष रट्र. रोशनी भट्टराईले क्लबका सदस्य तथा उनीहरूका परिवारले यस सहकार्यबाट गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने हुँदा यो क्लबको लागि एक महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गर्नु भयो ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 24 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि