परोहा नगरपालिकाले ल्यायो ९ औं नगरसभाबाट ५३ करोड भन्दा बढी बजेट-

दीपेन्द्र प्रजापति/कालो झोला ।

गौर, ११ असार । रौतहट जिल्लाको परोहा  नगरपालिकाको ९ औं नगरसभा  मंगलबार भव्य रूपमा सम्पन्न भएको छ । नगर प्रमुख शेख वकिलको प्रमुख अतिथिमा तथा  अध्यक्षतामा सम्पन्न भएको छ ।

सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ६७ लाख  ८२ हजार ६४ रुपैयाँको बजेट प्रस्तुत गरिनुका साथै नगरसभा बाट सर्वसम्मत रूपमा पारित गरिएको छ ।

नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ । आर्थिक बिकास र उन्नतिको आधार : पुर्वाधार , कृषि , उधम र रोजगार पहिचानको नाराले परोहा  नगरपालिकाले  नगर सभा सम्पन्न गरिएको छ ।

राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालूरपुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको  नगर प्रमुख शेख वकिलले बताए ।

युवा , शिक्षा तथा खेलकुद , आधारभूत स्वास्थ्य , कृषि तथा पशुपन्छी , रोजगार र पर्यटन , वातावरण तथा बिपद ब्यवस्थापन , पुर्वाधार , शहरी बिकास तथा भवन निर्माण , खानेपानी तथा  सरसफाइ , महिला , बालबालिका त् जेष्ठ नागरिक , सहकारी तथा  संघ संस्था , कानुन तथा न्याय , सार्वजनिक सेवा , सुशासन र क्षमता बिकास , राजस्व तथा वित्त ब्यवस्थापन आगामी आर्थिक वर्ष २०८२/२०८३ को क्षेत्रगत निति तथा कार्यक्रम ल्याएको नगर प्रमुख शेख वकिलले बताएका छन् ।

सो नगरसभामा प्रमुख प्रशासकीय अधिकृत मोहमद मोहफुज अहमद  , उप नगर प्रमुख सुगान्धी गिरि  ,  बिधायक प्रत्याशी रामचन्द्र गिरि ,   वडा अध्यक्ष महेश सिंह , कपिल अन्जुम , नागेन्द्र पटेल , रामबिलाश पटेल , जवाहरलाल राय यादव ,  खेदु मुखिया  लगायत कार्यपालिका सदस्य, नगरसभा सदस्यहरू, कर्मचारी, पत्रकार, सुरक्षाकर्मीहरुकोब उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 16 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 21 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि