दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १६ चैत । प्रहरी चौकी, ईनर्वाले आईतबार बिहान करिब ०८:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, शंकराचार्य गेट बाट प्रतिवन्धित लागु औषध गाँजा सहित तीन जना भारतीय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त दिन त्यहाँ बाट खटिएको नियमित चेकिङ टोलीले भारत बाट नेपाल तर्फ र नेपाल बाट भारत तर्फ आउने जाने पैदल यात्री तथा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा वीरगञ्ज बाट रक्सौल तर्फ पैदल जाँदै गरेको व्यक्तिहरू माथि संका लागि रोकी कानूनी रितपुर्याई खानतलासी गर्दा उनीहरू आफ्नो शरिरको पेट तथा छातीको भागमा रातो रंगको प्लाष्टिकमा निलो रंगको डोरीले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ०७ किलो ६ सय ९२ ग्राम फेला परेकोले छ ।
बरामद लागु औषध गाँजा सहित भारततको विहार राज्य जिल्ला बेतिया कै क्रमशः थाना बगहा रतनमाला वडा नं. ३२ बस्ने वर्ष ३९ को जाबेद अन्सारी, थाना टाउन नगर, बसवरिया धुनियापट्टी वडा नं. २९ बस्ने वर्ष २४ को महमद रजिश तथा थाना टाउन नगर कै छाउनी वडा नं. ०५ बस्ने वर्ष २८ को महमद गरिबलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।








