पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ वैशाख । प्रहरी चौकी ईनर्वाले सोमबार बिहान करिब ०८:२० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट स्थितमा प्रतिबन्धित लागु औषध गाँजा सहित चार जना भारतीयलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

हिजो बिहान त्यहाँ बाट खटिएको नियमित चेकिङ टोलीले भारत बाट नेपाल तर्फ र नेपाल बाट भारत तर्फ आउने जाने पैदल यात्री तथा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा वीरगञ्ज बाट रक्सौल तर्फ पैदल जाँदै गरेको व्यक्तिहरू संका लागि रोकी कानूनी रितपुऱ्याई खानतलासी गर्दा ति व्यक्तिहरुलाई गाँजा सहित नियन्त्रणमा लिएको हो ।

उनीहरूले आफ्नो शरिरको पेट तथा छातीको भागमा रातो रंगको प्लाष्टिकमा खैरो रंगको डोरीले बेरी लुकाइ छिपाइ राखिएको ६ किलो १८ ग्राम लागु औषध गाँजा फेला परेकोले बरामद लागु औषध सहित भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लाको वेतिया थाना नगर निगम वडा नं. ३३ बस्ने वर्ष ३५ को सफि अहम्द, उल्लेखित स्थान कै थाना मझमलिया ग्राम सरेसवर वडा नं.९ बस्ने वर्ष ३३ को विनय ठाकुर, थाना नौराङावाद वडा नं. ३३ बस्ने वर्ष ३० को मुकिम मियाँ र थाना मिनाबजार वडा नं. २५ बस्ने वर्ष २८ को महम्द एकवाललाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 30 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 25 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 27 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 27 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 29 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 28 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन