पूराना पुस्ताले मार्गप्रशस्त नगरे युवाहरूले हस्तक्षेप गरेरै भए पनि नेतृत्व लिने

नेपाली कांग्रेसको रुपान्तरणका लागि परिवर्तनको बहस चलाएका नेता प्रदीप पौडेलले निरन्तर रुपमा सुझाव संकलन गरिरहेका छन् । यसक्रममा क्षेत्रीय सभापति तथा आम कार्यकर्ताको धारणा संकलन गरेका उनले पार्टीका सातै प्रदेशका महाधिवेशन प्रतिनिधिसँग अन्र्तक्रिया गरेका हुन् ।

“वर्तमान राजनीतिमा कांग्रेसको जिम्मेवारी र संगठनात्मक भुमिका“ विषयमा उनले आयोजना गरेको भर्चुअल सम्वादमा सहभागी अधिकांशले प्रतिनिधिले नियमित वा विशेष महाधिवेशनमार्फत पार्टीमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।

उनीहरूले देशमा उत्पन्नु फरक अवस्थामा पार्टीको जिम्मेवारी बढेको भन्दै नेतृत्व रुपान्तरण नभएसम्म यसलाई सम्बोधन गर्न नसकिने तर्क गरे । यसका लागि केन्द्रीय समितिले तत्काल स्पष्ट मार्गचित्र तय गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

प्रतिनिधिगत रुपमा एक सय १० महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा बोल्दै उनले केन्द्रीय समिति बैठकमा आम नेता कार्यकर्ताको भावना प्रतिनिधित्व गर्न आफूले पहल गरेको बताए। ‘पार्टीको जग भनेका आम कार्यकर्ता हुन्, उनीहरूको भावनालाई केन्द्रले नसुनेसम्म पार्टी जीवन्त र गतिशील हुन सक्दैन,’ केन्द्रीय सदस्य पौडेलले भने ।

उनले आफु कार्यकर्ताहरुको भावना बुझेरै पार्टी रुपान्तरण गनुपर्ने पक्षमा रहेको भन्दै यसलाई पार्टीभित्र वैचारिक बहसका रुपमा अघि बढाएको बताए ।

‘पार्टीलाई रुपान्तरण गर्नुपर्छ भन्ने आम कार्यकर्ताको भावना बुझेरै देशव्यापी बहस र धारणा बुझ३ने अभियान थालेको हुँ,’ उनले भने,‘तपाईंहरुको भावनाअनुसारको रुपान्तरणमा सक्दो भुमिका खेल्नेछु ।’

छलफलमा सहभागी बहुमत महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई देशभरि पुनर्जागृत गर्न र नयाँ ऊर्जा प्रदान गर्न नियमित महाधिवेशन नै सबैभन्दा उत्तम विकल्प भएको बताए । यद्यपि, वर्तमान नेतृत्वबाट तत्काल नियमित महाधिवेशन सम्भव नहुने आशंका व्यक्त गर्दै उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशनको मागलाई अघि सारे । यदि नियमित महाधिवेशनमा जान ढिलाइ हुन्छ भने पार्टीलाई अनिर्णयको बन्दी बनाउनु नहुने तर्क गर्दै उनीहरुले तत्काल विशेष महाधिवेशन बोलाएर भए पनि नेतृत्व र रणनीति दुवै परिवर्तन गर्नपर्नेमा जोड दिए ।

कार्यक्रममा युवा प्रतिनिधिहरूले हालै देशमा देखिएको ’जेन जी’ आन्दोलनले उठाएका रूपान्तरण र पुस्तान्तरणका मुद्दालाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने बताए । समयको मागअनुसार पार्टी चल्न नसके इतिहासमा सीमित हुने खतरा औंल्याउँदै उनीहरूले युवा पुस्ताको भावनालाई पार्टीले अंगीकार गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिहरूले गत फाल्गुन २१ मा सम्पन्न निर्वाचनको परिणामलाई पार्टीले आत्मसात् गर्दै अघि बढ्नुपर्ने र लोकतन्त्र तथा संविधानको रक्षाका लागि पार्टीभित्र पूर्ण एकता कायम गर्नुपर्ने आवश्यकता औंल्याए ।

छलफलमा युवा प्रतिनिधिहरूले पार्टीको भविष्यका लागि पुरानो पुस्ताले सहज रूपमा मार्गप्रशस्त गर्नुपर्ने र यदि त्यसो नभएमा युवाहरूले हस्तक्षेप गरेरै भए पनि नेतृत्व लिन तयार हुनुपर्ने धारणा राखेका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 17 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 22 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि