प्रतिबन्धित लागु औषध सहित बारा का दुई जना पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।बीरगंज, १४ कार्तिक । प्रहरी चौकी, गण्डक ले विशेष सूचनाको आधारमा मंगलबार राती करिव १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक बाट प्रतिवन्धित विभिन्न लागु औषध सहित दुई जना युवकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति त्यहाँ बाट खटिएको नियमित चेकिङ टोलीले वीरगञ्ज बाट काठमाण्डौं तर्फ जाँदै गरेका ना. ६ ख ७२२७ नम्बरको सार्वजनिक बसलाई रोकी चेक जाँच गर्दा बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. ०७, तेलकुवा बस्ने बर्ष २० को द्वय ओम बाबु कुशवाहा र शैलेश यादव ले आफ्नो ब्यागमा लुकाइ छिपाई राखिएको प्रतिवन्धित लागु औषध नुरफिन, डाईजेपाम र फेनारगन गरि जम्मा २ हजार ९ सय ९६ एम्पुल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा बुधबार पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 14 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 18 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 21 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि