प्रतिबन्धित लागु औषध Nitravet-10 सहित युवा र युवती पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ श्रावण । अस्थायी प्रहरी पोष्ट, इनर्वा गाउँले शुक्रबार दिउँसो करिब ०३:३० बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. १६, ईनर्वा गाँउ स्थित सडक खण्ड बाट  प्रतिवन्धित लागु औषध Nitravet-10 सहित एक युवा सहित एक युवतीलाई समेत आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको चेकिङ टोलीले भारतको रक्सौल बाट नेपाल तर्फ शंकाष्पद रूपमा पैदल आउँदै गरेका बारा जिल्लाको कोल्बी नगरपालिका वडा नं.०७ बस्ने बर्ष २१ को अनिल पौडेल तथा सोही ठाउँ बस्ने बर्ष २० की  प्रेरणा पौडेल लाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा  निजहरूले बोकेको कालो जेब्रा झोला भित्र Nitravet-10 लेखिएको २ सय ९४ पिस ट्याब्लेट्स फेला परेको हुँदा निजहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा आज सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 36 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि