साउन ४, धनगढी । धनगढी उपमहानगरपालिकामा प्रहरी परिचालन गरि विवादित क्षेत्रमा जमेको पानी निकास गरेको छ ।
धनगढी उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने विषयमा वडा नम्बर २ का स्थानीयबीच विवाद बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेर सोमबार निकास दिएको हो ।








