फिल्म ‘सोल्टिनी’ को रिलिज सर्यो, अब भाइटिकामा प्रदर्शन हुने

काठमाडौँ । आगामी असोज ३ गते प्रदर्शन हुने भनिएको फिल्म ‘सोल्टिनी’ भाइटिकामा रिलिज हुने भएको छ । असोज ३ मा जारी-२ आउने भएपछि फिल्मको प्रदर्शन मिति एक महिना सारिएको हो । अब यो फिल्म कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ । 

शुक्रबार फिल्मको चारवटा पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराइएको हो । चार पोस्टरले फिल्मको कथावस्तु प्रेम, लिम्बू संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको जनाउँछन् । एक पोस्टरमा फिल्मका मुख्य जोडी प्रकाश सपूत र परीक्षा लिम्बूको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । 

अर्जुन सुवेदीको निर्देशनमा बनेको फिल्ममा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतले अभिनय गरेका छन् । अर्जुन सुवेदी र कुमार भट्टराईको लेखन रहेको फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् । यसमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको ‘सोल्टिनी’का निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह-निर्मातामा छन् । यो फिल्मको कार्यकारी निर्मातामा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ । यस समूहको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गर्दै आएका छन् ।

फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउँदै दुई पात्रको प्रेमकथा प्रस्तुत गरेको बताइएको छ ।

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 58 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला