बलिवुड फिल्म बोर्डर- २ तीन सय करोड क्लबमा

 बलिवुड फिल्म बोर्डर- २ ले भारतीय बक्स अफिसमा तीन सय करोड क्लबमा प्रवेश गरेको छ । अघिल्लो शुक्रबार रिलिज भएको बोर्डर- २ ले दोस्रो सातामा निरन्तर शानदार कमाई गर्दै तीन सय करोड क्लबमा पुगेको हो । 

पहिलो साता २४४.९७ करोड कमाई गरेको फिल्मले दोस्रो शुक्रबार १२.५३ करोड, शनिबार २०.१७ र आइतबार २४.२२ करोड कमाई गर्दै अहिलेसम्म ३०१.८९ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । 

करिब २०० करोडमा बनेको यो फिल्म १९९७ मा रिलीज भएको सुपरहिट फिल्म बोर्डरको सिक्वेल हो । १९९७ मा बोर्डरले पहिलो दिनमा १.१० करोड कमाएको थियो । त्यस्तै फिल्मले त्यतिबेला कुल नेट बक्स अफिस कलेक्सन ३९.३० करोड गरेको थियो । 

बोर्डर- २ मा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ, अहान शेट्टी, मोना सिंह, मेधा राणा, सोनम बाजवा र अन्या सिंहको प्रमुख भूमिका रहेको छ । अनुराग सिंह र निखिल नटराजनले लेखेको यस फिल्मका निर्देशक अनुराग सिंह हुन् । त्यस्तै यो फिल्म भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ता (टी-सिरीज फिल्म्स र जे.पी. फिल्म्सको ब्यानर अन्तर्गत) ले बनेको हो ।

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 54 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला