बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको भन्दै मेटामाथि ३७५ मिलियन डलर जरीवाना

अमेरिकाको न्यू मेक्सिकोमा एक अदालतले सामाजिक सञ्जाल कम्पनी मेटामाथि ठूलो जरिवाना लगाएको छ ।

अदालतले मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याएको र आफ्ना प्लेटफर्महरूमा हुने यौन दुरुपयोगसम्बन्धी जोखिम लुकाएको ठहर गरेको छ । करिब सात हप्तासम्म चलेको सुनुवाइपछि यस्तो फैसला आएको हो ।

अदालतले कम्पनीले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको निष्कर्ष निकालेको छ। साथै, बालबालिकाको मानसिक स्वास्थ्य र जोखिमबारे भ्रामक जानकारी दिँदै अनुचित व्यावसायिक अभ्यास अपनाएको पनि उल्लेख गरिएको छ ।

यस निर्णयसँगै मेटामाथि करिब ३७५ मिलियन डलर बराबरको जरिवाना तोकिएको छ । यद्यपि यो रकम अभियोजन पक्षले माग गरेको भन्दा कम हो ।

अहिलेलाई कम्पनीलाई तुरुन्त कामकाज परिवर्तन गर्न आदेश भने दिइएको छैन । अब अदालतले मेटाका प्लेटफर्महरूले सार्वजनिक हानि पुर्‍याए कि पुर्‍याएनन् भन्ने विषयमा थप निर्णय गर्नेछ । यस मुद्दाको अर्को सुनुवाइ मे महिनामा हुने जनाइएको छ ।

फैसला प्रति असहमति जनाउँदै मेटाले अपिल गर्ने जनाएको छ । कम्पनीले आफ्ना प्लेटफर्महरू सुरक्षित बनाउन निरन्तर प्रयास गरिरहेको र हानिकारक सामग्री हटाउने काम भइरहेको दाबी गरेको छ ।

यस मुद्दामा कम्पनीले १३ वर्ष मुनिका प्रयोगकर्तामाथिको प्रतिबन्ध, किशोर आत्महत्यासम्बन्धी सामग्री र एल्गोरिदममार्फत हानिकारक सामग्री फैलिएको विषयमा पनि जाँच भएको थियो ।

  • Related Posts

    इन्डोनेसियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक

    बालबालिकाको डिजिटल सुरक्षालाई प्राथमिकता दिँदै इन्डोनेसियाले कडा नियम लागू गरेको छ । शनिबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई धेरै डिजिटल माध्यम प्रयोग गर्न रोक लगाइएको छ…

    इरानमा २६ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

     इरानमा इन्टरनेट सेवा अवरुद्ध भएको २६ दिन पुगेको छ, जसका कारण सर्वसाधारण नागरिक अन्तर्राष्ट्रिय सञ्जालबाट पूर्ण रूपमा अलगिएका छन् । इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सका अनुसार ६०० घण्टाभन्दा बढी समयदेखि…

    पहिलो

    बालेन सरकारप्रति आश्वस्त हुन सकेन शेयर बजार, ७१ अंकले घट्यो

    • March 29, 2026
    • 11 views
    बालेन सरकारप्रति आश्वस्त हुन सकेन शेयर बजार, ७१ अंकले घट्यो

    ओलीको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

    • March 29, 2026
    • 10 views
    ओलीको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

    प्रचण्ड बने नेकपाको संसदीय दलको नेता

    • March 29, 2026
    • 3 views
    प्रचण्ड बने नेकपाको संसदीय दलको नेता

    ओली र लेखकको म्याद थपको निवेदनमा बहस सकियो

    • March 29, 2026
    • 17 views
    ओली र लेखकको म्याद थपको निवेदनमा बहस सकियो

    एमालेले जिल्ला प्रशासनमा बुझायो विरोध पत्र

    • March 29, 2026
    • 17 views
    एमालेले जिल्ला प्रशासनमा बुझायो विरोध पत्र

    तिब्बतको निर्वासित सरकारले दियो प्रधानमन्त्री बालेनलाई बधाई

    • March 29, 2026
    • 19 views
    तिब्बतको निर्वासित सरकारले दियो प्रधानमन्त्री बालेनलाई बधाई