बिटीएसको पुनरागमन

दक्षिण कोरियाको सियोल सहर शनिबार बैजनी रंगले ढाकिएको देखियो । सहरका मुख्य स्थान, ठूला पर्दा, पोस्टर, कपडा र नदीमाथिको ड्रोन बत्तीसमेत एउटै रंगमा झल्किएका थिए ।

यो उत्साह विश्व चर्चित के पप समूह बिटीएसको पुनरागमनका कारण थियो । अनिवार्य सैनिक सेवाका कारण तीन वर्षभन्दा बढी समय विश्राममा रहेको समूह फेरि मञ्चमा फर्किएको हो ।

कार्यक्रम सुरु हुनु अघि नै हजारौँ दर्शक सियोलको ग्वाङह्वामुन क्षेत्रमा जम्मा भइसकेका थिए । समूहका सदस्यहरू मञ्चमा नआउँदै पनि वातावरण गीत, नाराबाजी र उज्याला बत्तीले भरिएको थियो । कन्सर्टमा २२ हजार भाग्यमानी दर्शकलाई नि: शुल्क प्रवेश दिइएको थियो ।   

साँझ पर्दै जाँदा भीडले सातै सदस्यको नाम गुन्जायो । त्यसपछि परम्परागत घण्टीको ध्वनिसँगै नयाँ एल्बमको प्रस्तुति सुरु भयो र केहीबेरमै सदस्यहरू मञ्चमा देखा परे। समूहका नेताले दर्शकलाई अभिवादन गर्दै ‘हामी फर्कियौँ’ भन्ने सन्देश दिएका थिए ।

कार्यक्रममा नयाँ गीतसँगै पुराना चर्चित गीतहरू पनि प्रस्तुत गरिए, जसले दर्शकलाई अझ उत्साहित बनायो । हजारौँ दर्शकले एकसाथ गीत गाएर माहोल झनै रोमाञ्चक बनेको थियो ।

यस ऐतिहासिक स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएकोमा केहीले आलोचना पनि गरेका छन् । ठूलो संख्यामा सुरक्षा बल परिचालन र सार्वजनिक स्थान प्रयोगबारे प्रश्न उठाइए पनि सरकारले भने यसलाई देशको प्रतिष्ठासँग जोडिएको महत्त्वपूर्ण अवसर बताएको छ ।

बिटीएस सन् २०१३ देखि विश्वभर चर्चित बन्दै आएको समूह हो । उनीहरूले संगीतसँगै आफ्नो देशको पहिचान विश्वमाझ फैलाउन ठूलो भूमिका खेलेका छन् । कार्यक्रम हेर्नका लागि हजारौँ विदेशी दर्शक पनि सियोल पुगेका थिए। धेरैले वर्षौँको प्रतीक्षा पछि यो क्षण पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

अन्त्यमा उज्याला बत्तीले भरिएको भीडबीच कार्यक्रम समापन भयो । अब समूहले विश्व भ्रमणको तयारी गरिरहेको छ, जसअन्तर्गत दर्जनौँ सहरमा कार्यक्रम गर्ने योजना रहेको छ ।

  • Related Posts

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

     पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् । सोमबार…

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

     गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई…

    पहिलो

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 40 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 23 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    • April 20, 2026
    • 47 views
    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    • April 20, 2026
    • 24 views
    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    • April 20, 2026
    • 41 views
    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    • April 20, 2026
    • 27 views
    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग