बीरगंज को मेलामा दुई समुह बीच झगडा हुँदा एक जनाको मृत्यु, घटनामा संलग्न पाँच जना प्रहरी नियन्त्रणमा-

-दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १६ असोज । दशैंको आठौं दिन महाअष्टमी अर्थात् असोज १४ गते मंगलबार को दिन बीरगंज स्थित रहेको शक्ति पिठ प्रसिद्ध गहवामाईको मेलाको दिन राति करिब ११:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका कै वडा नं.१० स्थित रहेको गिता मन्दिर नजिकै अपरिचित व्यक्तिहरु विच झै-झगडा कुटपिट हुँदा एक जना युवकको मृत्यु भएको छ ।

तत्काल ठेगाना नखुलेका गोल्डेन भन्ने अंदाजी वर्ष २४ को पुरुष व्यक्ति कुटपिटमा घाईते भई उपचारको लागी नारायणी अस्पताल सोही राति ११:४० मा ल्याएकोमा उपचारको क्रममा ११:५० बजे डाक्टरले मृत घोषणा गरेको र लास सोही अस्पतालमा रहेको भन्ने खबर वडा प्रहरी कार्यालय, बिर्तामा टेलीफोन मार्फत प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय, पर्सा बाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक समेत मातहत वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईको कमाण्डमा ३२ जनाको प्रहरी टोली खटि घटनाको अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

घटनाको सूचना प्राप्त हुनासाथ यस कार्यालयबाट कार्यालय प्रमुखको कमाण्डमा SOCO सहितको प्रहरी टोली घटनास्थलमा खटी गई घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका कार्य पुरा गरी मृतक लाश पोष्ट मार्टमको लागि नारायणी अस्पताल बीरगंजको शव राख्ने कोठामा राखि, पोष्ट मार्टम पश्चात मृतक लास सदगतको लागि मृतकको बुवा राजन साह कानुले जिम्मा बुझी लगेको कुरा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पाठक ले बताएका छन् ।

बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०९ घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं.१० बस्ने वर्ष २० को गोल्डेन भन्ने शिवम साह कानुले गहवामाईको मेला हेर्न जान्छु भनि घरबाट निस्कि गएकोमा मेलामा गइ केटाहरू संग वाद-विवाद तथा हातपात गरेको र विगतका दिनहरूमा उक्त समूहहरू वीच एक आपसमा झै-झगडा वाद-विवाद हुने गरेको सोही रिसईवी लिइ मृतक गोल्डेन भन्ने शिवम साह कानुलाई एक्लो मौका छोपी विपक्षी समूहका ( दरिन्दे खुण्खार समूह ) केटाहरूले हात मुक्का, बाँसका भाठ्ठा समेतले प्रहार गरी कर्तव्य गरी मारेको भनी हाल सम्म खुल्न आएको छ ।

घटनाको सुक्ष्म अनुसन्धान प्राप्त सूचना तथा प्रमाणहरूको विधि तथा प्रविधिको प्रयोग गरि सूचनाको विश्लेषण गरी उक्त वारदातमा संलग्न वीरगञ्ज महानगरपालिका वडा नं. २४, रामगढवा बस्ने क्रमशः वर्ष १९ को गौतम पटेल, वर्ष २० को सुभांकर चौरसिया, वर्ष २२ को अमिरी पटेल भन्ने करण प्रसाद पटेल, वर्ष २४ को चन्दन चौरसिया तथा वर्ष १९ को अमन पटवा लाई नियन्त्रणमा लिइ निजहरू उपर ज्यान सम्बन्धि कसूरमा अनुसन्धान भइरहेको कुरा पनि प्रहरी उपरीक्षक सुदिप राज पाठक ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 31 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 28 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 27 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 30 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 30 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 32 views
    आजको राशिफल