दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगञ्ज, १० फागुन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्ज र आस्था नेपाल को संयुक्त आयोजनामा आईतबार आस्था नेपाल परिसरमा निःशुल्क मानसिक स्वास्थ्य परीक्षण (Psychiatric Check-up) तथा मनोवैज्ञानिक सचेतना कक्षा सफलतापूर्वक सम्पन्न भयो ।
समाजमा बढ्दो मानसिक स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै विशेषज्ञ सेवा सर्वसाधारणसम्म सहज रूपमा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
शिविरमा २२ जना सेवाग्राहीहरूले निःशुल्क मानसिक स्वास्थ्य परामर्श तथा स्क्रिनिङ सेवा प्राप्त गर्नुभयो ।मानसिक स्वास्थ्य सचेतना कक्षामा कुल ३८ जना सहभागीहरू उपस्थित भई सक्रिय सहभागिता जनाउनु भएको थियो ।

मानसिक रोग विशेषज्ञ डा. रितेश शाह तथा इआर स्टाफ अफताब आलम द्वारा प्रत्यक्ष स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरियो ।
यसै गरि सचेतना कक्षामा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापनका उपाय, चिन्ता नियन्त्रण प्रविधितथा सकारात्मक जीवन शैलीका आधारहरू बारे विस्तृत जानकारी प्रदान गरिएको कारण सहभागीहरूले कार्यक्रम अत्यन्त प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा आस्था नेपालका अध्यक्ष श्री गौरव वर्मा लगायत पदाधिकारी तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
नेशनल मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछ ।








