बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयू रिहा

बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्रयू माउन्टबेटन-विन्डसर) लाई प्रहरीले रिहा गरेको छ । उनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा बिहीबार पक्राउ गरिएको थियो ।

थेम्स भ्याली पुलिसले एन्ड्रयूलाई अनुसन्धानको प्रक्रियाअन्तर्गत रिहा गरिएको पुष्टि गरेको बिबिसीले उल्लेख गरको छ । प्रहरीका अनुसार नोरफोक क्षेत्रमा गरिएको खानतलासीसमेत सम्पन्न भइसकेको छ । यद्यपि, उनीविरुद्धको अनुसन्धान भने जारी रहने जनाइएको छ ।

राजा चार्ल्स तृतीयले भाइको पक्राउबारे प्रतिक्रिया दिँदै कानूनलाई आफ्नो काम गर्न दिनुपर्ने बताएका छन् । उनले प्रहरी अनुसन्धानमा दरबारको पूर्ण समर्थन र सहयोग रहने पनि स्पष्ट पारेका छन् ।

यसअघि थेम्स भ्याली प्रहरीले कुख्यात यौन अपराधी जेफ्री एपस्टाइनसँग एन्ड्रयूको सम्बन्धबारे उठेका आरोपको अनुसन्धान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो । साथै, एपस्टाइनसँग गोप्य सूचनाहरू आदानप्रदान गरिएको भन्ने आरोपको पनि समीक्षा भइरहेको बताइएको छ ।

हालै अमेरिकी सरकारद्वारा सार्वजनिक गरिएका कागजातहरूमा एपस्टाइन र एन्ड्रयूबीचको संवाद समेटिएको उल्लेख गरिएको छ । ती कागजात सार्वजनिक भएसँगै बेलायती राजपरिवारमाथि थप दबाब बढेको विश्लेषण गरिएको छ ।

  • Related Posts

    बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार

     बेलायतले इरानमाथि आक्रमण गर्न अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार गरेको छ । अमेरिकाले यी सैन्य अड्डाहरू प्रयोग गर्न चाहेको थियो, तर बेलायतले अस्वीकार गरेको बताइएको छ । डेली मेलको रिपोर्ट…

    यूएफओ र एलियन बारेको जानकारी हासिल गर्न ट्रम्पको आदेश

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी निकायहरूलाई यूएफओ र एलियनहरूसँग सम्बन्धित फाइलहरू फेला पार्ने र जारी गर्ने प्रक्रिया सुरु गर्न आदेश दिइरहेको बताएका छन् । वर्षौंदेखि केही मानिसहरूले यी फाइलहरू सार्वजनिक…

    पहिलो

    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

    • February 20, 2026
    • 32 views
    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

    ७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

    • February 20, 2026
    • 20 views
    ७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

    जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

    • February 20, 2026
    • 25 views
    जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

    बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार

    • February 20, 2026
    • 23 views
    बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार

    देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

    • February 20, 2026
    • 19 views
    देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    • February 20, 2026
    • 23 views
    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ