दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ३० श्रावण । मित्र राष्ट्र भारतको ७९ औं स्वतन्त्रता दिवस को उपलक्ष्यमा बीरगंज स्थित रहेको भारतीय महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।आज बिहान ०९:०० बजेको समयमा महावाणिज्य दूत देबी सहाय मीना ले झण्डोतोलन गरि कार्यक्रमको शुरुवात गरेका थिए । भन्ने भारतको राष्ट्रपति द्रौपदी मुर्मु द्वारा पठाईएको राष्ट्रको नाममा संदेश पढेर सुनाएका थिए ।
सोही क्रममा बीरगंजमा संचालित विभिन्न विद्यालयहरुको विद्यार्थीहरु द्वारा देश भक्तिमा आधारित विभिन्न झाँकी लगायत सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका छन् ।

यस कार्यक्रममा बीरगंजमा रहेका विभिन्न सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका नेताहरु, वीरगंजमा बसेर विभिन्न स्थानमा कार्यरत भारतिय वासीहरु, स्थानीय संचारकर्मीहरु लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरु पनि सहभागिता रहेको थियो ।










