भारत द्रारा रुसी निर्मित मिग-२१ लडाकु विमानको बिदाई

काठमाडौँ । भारतले रूसबाट खरिद गरिएका र दशकौंसम्म वायुसेनाको अग्रपंक्ति रक्षाको रूपमा सेवा गरिरहेका मिग-२१ लडाकु विमानलाई आज निष्क्रिय पारिएका छन् ।

विदाई समारोह चण्डीगढमा आयोजना भइरहेको छ, जहाँ वायुसेनाका पाइलटहरूले अन्तिम पटक यी विमानहरू उडाइरहेका छन् ।

समारोहमा उपस्थित रक्षामन्त्री राजनाथ सिंहले मिग-२१ केवल एउटा विमान मात्र नभएर तर भारत-रूस सम्बन्धको प्रमाण भएको बताएका छन् । राजनाथ सिंहले भने- ‘आज, जब हामी मिग-२१ लाई यसको सञ्चालन यात्राबाट विदाई गर्छौं, मलाई विश्वास छ कि हामी एउटा अध्याय बन्द गर्दैछौ जुन भारतीय वायुसेनाको इतिहासमा मात्र होइन तर हाम्रो सम्पूर्ण सैन्य उड्डयनको इतिहासमा सुनौलो अक्षरमा लेखिनेछ ।’

मिग-२१ लाई १९६३ मा भारतीय वायुसेनामा समावेश गरिएको थियो र ६३ वर्षको सेवा पछि आज निष्क्रिय पारिएको छ ।

मिग-२१ को विशेषता भनेको ९० डिग्रीमा सीधा चढ्ने क्षमता हो । यो संसारको उत्कृष्ट लडाकु विमानहरू मध्ये एक हो । यसको कुनै तुलना नभएको र यसको उमेरका कारण यसलाई अन्तिम बिदाई गरिएको बताइएको छ । तर यसको शून्यता कसैले पनि पूरा गर्न नसक्ने र तेजस विमानले प्रतिस्थापन गर्ने छ ।

  • Bishnu Timalsina

    Related Posts

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक…

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 54 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला