भेनेजुएलाबाट ३० देखि ५० मिलियन ब्यारेल उच्च गुणस्तरको तेल ल्याउने ट्रम्पको घोषणा

 राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीलाई लागूऔषध-आतंकवाद विरुद्धको अभियानको रूपमा वर्णन गरेपनि अन्तत: उनले भेनेजुएलाको तेलक लागि गरेको खुल्दै गएको छ ।

ट्रम्पका हालैका अभिव्यक्तिहरूले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीको मुख्य कारण तेल रहेको स्पष्ट हुदै गएको छ । ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकालाई बजार मूल्यमा ३० देखि ५० मिलियन ब्यारेल उच्च गुणस्तरको तेल उपलब्ध गराउने बताएका छन् । ट्रम्पले तेल जहाजहरूद्वारा ढुवानी गरिने र सिधै अमेरिकाको अनलोडिङ डकमा ल्याइने पनि बताएका छन् ।

उनले राष्ट्रपतिको रूपमा, कोषमा उनको नियन्त्रण रहने बताए, तर यो भेनेजुएला र अमेरिकी जनताको हितमा प्रयोग गरिने बताए । यसबाहेक, ह्वाइट हाउसले शुक्रबार ओभल अफिसमा तेल कम्पनीका कार्यकारीहरूसँग भेनेजुएला सम्बन्धी बैठक गर्ने भएको छ । एक्सन, शेभरन र कोनोकोफिलिप्सका प्रतिनिधिहरू उपस्थित हुने अपेक्षा गरिएको छ ।

यसैबीच भेनेजुएलाका अधिकारीहरूले मादुरोमाथिको आक्रमणमा मारिएकाहरूको संख्या घोषणा गरे । यसलाई कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ट्रम्पविरुद्ध गरेको बदलाको रूपमा हेरिएको छ । ट्रम्पले यस हप्ताको सुरुमा यदि अन्तरिम राष्ट्रपति डेल्सीले अमेरिकाको कदममा साथ नदिएमा मादुरो भन्दा खराब अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सीले यसको प्रतिक्रिया दिदै भनेकी छन्- ‘व्यक्तिगत रूपमा, मलाई धम्की दिनेहरूलाई: मेरो भाग्य उनीहरूले होइन, तर भगवानले निर्धारण गर्छन् ।’ 

भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम साबले काराकसमा सप्ताहन्तमा भएको आक्रमणमा धेरै अधिकारीहरू र नागरिकहरू मारिएको बताएका छन् । उनले यसलाई युद्ध अपराध भन्दै अभियोजकहरूले मृत्युको अनुसन्धान गर्ने बताएका छन् ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 63 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला