माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०१ फागुन । पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा गत कात्तिक ०५ गते देखि बिभिन्न मांग राखि नगर प्रमुख लाई बुझाएको ज्ञापन पत्रमा कुनै सुनवाई न भएकोमा बिहीबार नगरपालिका आगाडी मांग राखि एक घन्टा बिरोधको कार्यक्रम गरीयो र जब सम्म हाम्रो मांग पुरा हुदैन संघर्ष तथा भण्डाफोरको कार्यक्रम जारी रहने कुरा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीले बताएका छन् ।

यसै गरि पोखरीया नगरपालिका संग गरिएको मागहरू यस प्रकार रहेको छ, हालमा बढाईएको सम्पत्ति कर फिर्ता गर्नु पर्ने, कर्मचारीहरूलाई समयमा तलब दिनु पर्ने, नगरपालिका भित्र भईरहेको ठगी धन्दा बन्द गर्नु पर्ने, निर्माण कार्य सम्पन्न गरेकालाई भुक्तानी दिनु पर्ने, नगर बिस्तारमा जग्गा धनी तथा खरिद कर्ताको जग्गा दिनु पर्ने, स्वास्थ्य बिमा गराएकाहरूलाई औषधि उपलब्ध गराउनु पर्ने, यस नगरपालिकाबाट मधेश आन्दोलनको क्रममा शहीद भएका बिरबल मुखिया बिन तथा शहीद चंदन पटेलको नाममा शहीद पार्क निर्माण गर्नु पर्ने माँग सम्बोधन नभए सम्म आन्दोलन जारी रहने कुरा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीले बताएका छन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय सदस्य नेजामुद्दीन शामानीको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला संयोजक राजेश साह, युवा नेता दिव्या प्रकाश चतुर्वेदी, मनोज साह कानु, जगन चौहान लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन