मालिक फर्किन्छ र बक्सिस दिन्छ भनेर स्वाभिमान बन्दगी नराख्नुस् रास्वपाका नेताहरुलाई :- सुमनाको आग्रह

काठमाडौँ । रास्वपा छोडेकी सुमना श्रेष्ठले आफूविरुद्ध अनर्गल र झुठो प्रचार फैलाइएको भन्दै रास्वपाका नेताहरुलाई प्रतिप्रश्न गरेकी छन् ।सुमनाले आफूविरुद्ध भएका प्रहारको जवाफ दिदै रास्वपाका नेताहरुलाई तीन ठूला दलहरुका टाउकेहरुलाई चोर औँला देखाँउदै व्यक्तिवाद हावी भयो भन्दै गर्दा बाँकी चारवटा औँला आफै तिर फर्किएको बताएकी छन्  । 

sf7df8f}F, & r}t M /fli6«o;efsf] a’waf/ ;’? ePsf] a}7sdf lzIff, lj1fg tyf k|ljlwdGqL ;’dgf >]i7 . tl:a/M k|bLk/fh÷jGt

साथै उनले क्षणिक लोकप्रियता र केहि थान गालीबाट बच्न एक शब्द चुईक्क नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतिहारा हुनु हो भन्दै त्यस्तो प्रवृतिविरुद्ध विद्रोह गर्नु हुतिहारा हुनु भएको बताएकी छन् । 

उनले भनेकी छन्- 

पार्टि भित्रै रहनु भएका र मलाई बिश्वास गर्नुहुने साथीहरुलाई म प्रति फैलाईएको अनर्गल र झुठा प्रचारको विरुद्ध सचेत गराउन केहि कुरा भन्न चाहेँ।

१- अवसरवादको परिभाषा अर्कै हुन्छ भने फरक पर्ला तर व्यक्तिगत स्वार्थ र लाभको निम्ति आफ्नो नैतिक धरातल र राजनैतिक मूल्य मान्यताबाट च्यूत हुनु नै अवसरवाद हो भने, तीन ठूला दलहरुका टाउकेहरुलाई चोर औँला देखाँउदै व्यक्तिवाद हावी भयो भन्दै गर्दा बाँकी चारवटा औँला आफै तिर फर्किन्छ कि फर्किँदैन? त्यहि प्रवृतिलाई मलजल दिएर नयाँ केपि, नयाँ शेर बहादुर, नयाँ प्रचण्ड बनाउन उद्दत हुनु र त्यसैमा आफ्नो फाईदा देख्नु अवसरवाद हो कि होइन? त्यस प्रति असहमति जनाउनु अवसरवाद हो कि अवसरवादको विपरीत? क्षणिक लोकप्रियता र केहि थान गाली बाट बच्न एक शब्द चुँईक्क नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतिहारा हुनु हो कि त्यस्तो प्रवृति विरुद्ध विद्रोह गर्नु हुतिहारा हुनु हो? म साथीहरुलाई प्रश्न गर्न चाहन्छु। 

२- पार्टीको आधिकारिक धारण जस्तो गरि गल्ती भयो भनेर स्वीकार गर्ने तर कुनै कारवाहि नगर्ने तथा आचरण र प्रवृतिमा कुनै सुधार नगर्ने हो भने कुन मुखले पुरातनवादि दलहरुको विरोध गर्ने? नयाँ मालिक को नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरुलाई कस्तो नैतिक धरातलमा बसेर प्रतिप्रश्न गर्ने? सामान्य नेपाली नागरिकहरु अगाडि उभिएर हामी फरक छौँ भन्न लज्जाबोध हुँदैन? एक चोटि आफ्नो आत्मालाई एक्लै बसेर सोध्नुस्।

३- प्रधान सेनापतिले ‘रास्वपा’ र ‘दुर्गा प्रसाँई’ पनि स्टेकहोल्डर हो भन्दा मैले प्रतिवाद गरेकै हो। आन्दोलन शुरु हुनु अगाडि आन्दोलनरत युवा पुस्ताले कुनै राजनितिक पार्टिको झण्डा वा एजेन्डा बोकेर नआउनु भनि स्पष्टताका साथ भनिसकेको अवस्थामा जेनजी आन्दोलनमा हाम्रो सहभागिता देश प्रति निष्ठावान नागरिकको भन्दा बढि थिएन र हुनु हुँदैन थियो। सहादत प्राप्त गर्नुभएको ७४ नेपाली विर विरांगना, सयौँ घाईते र लाखौँ नागरिकको सहभागिताको अवमूल्यन हुने गरि त्यतिबेला जंगी अड्डा धाउनु ‘दुर्गा प्रसाँई’ सँगै ऊभिनु हो र वास्तविक अवसरवादिता सदर गर्नु हो। हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेक होल्डर हो, हाम्रो पनि माग यिनै हुन भनि धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउँदै गर्दा ती उजाडिएका काखहरु र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिनु होला। यस्तो विषम परिस्थितिमा आफुले नगरेको संघर्ष र आफुले नदिएको नेतृत्व ‘गरेँ’ वा ‘दिएँ’ भन्नु कुन हदसम्मको जनता विरुद्ध गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक हो र ? हामीलाई सुमनाले लाइभ आएर जंगीअड्डा जानबाट रोकि भनि मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी ईमान कुन ठाँउमा मिल्काएर आउनु भो? नख्खुमा ईज्जत सँगै मानवता पनि जलाउनु भएको हो र?

४- भ्रम र झुठको बादल हटेको दिन सत्य र न्यायको कसीमा ‘अवसरवाद’ र ‘कायरता’ को पनि परिक्षण हुने नै छ। लोकप्रियताको बुँई चढेर मेरो मालिक फर्किन्छ र मलाई बक्सिस दिन्छ भन्ने पर्खाईमा आफ्नो स्वाभिमान बन्दगी राखेका केहि साथीहरु देख्नुपर्दा लालच र निरिहता उर्बराउने डर पलाएको छ। याद राख्नुस् – लालच झाँगिदा ‘अवसरवाद’ मौलाउने हो । निरिहताले जरा गाड्दा ‘हुतिहारापन’ फस्टाउने हो।

वैकल्पिक राजनितिमा आउनेहरुलाई सोध्न चाहन्छु – तपाईहरु राजनितिमा आफ्नो अलग पहिचान, देश बनाउने हुटहुटी र आफ्नो विशिष्टता राष्ट्र र सम्पूर्ण नेपालीहरु प्रति समर्पित गर्न आउनु भएको कि वैकल्पिक शेर बहादुरको लागि वैकल्पिक प्रकाश शरण वा वैकल्पिक के पि को लागि वैकल्पिक महेश बस्नेत बन्न आउनु भएको हो? यतिनै यक्ष प्रश्न सोध्दै र ईमानदार उत्तरको अपेक्षा गर्दै देश प्रति निष्ठावान र प्रतिबद्ध रहने वाचा गर्दछु ।

  • Bishnu Timalsina

    Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 33 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 29 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 28 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 31 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 31 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 34 views
    आजको राशिफल