मेयर सिंहको पटक पटकको प्रयास पछि डुबान क्षेत्रको पानी निकासीको काम शुरु-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०१ कार्तिक । विवादका कारण बिगत १९ दिनदेखि डुबानमा परेको वीरगंजको सुगौली विर्ता, हरपतगंज तथा बहुअरीको पानी निकासको काम आज बाट सुरु भएको छ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पटक पटकको प्रयास पछि आज बाट पानी निकासको काम सुरु भएको हो ।

बिहीबार बिहान महानगर प्रमुख सिंह सहित पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख कुमोध ढुंगेल तथा सशस्त्र प्रहरीका प्रमुख राधेश्याम धिताल लगायतको टोलीले पानी निकासका लागि स्थलगत अनुगन गरेको थियो । त्यस क्षेत्रको पानी निकासका लागि पहिले देखि नै रहेको बन्द ह्युमपाइप खुलाउने र पुरिएर रहेको पहिलेको नहर पुनः चालु गराउने निष्कर्ष सहित महानगरपालिकाले दिउँसो बाट ३ वटा जेसीबी पठाएर पानी निकासको काम सुरु गरेको हो ।

दुई दिन भित्रमा सबै पानी निकास भइसक्ने गरी बन्द रहेको ह्युमपाइप र नहर खोल्न जेसिबीले खन्ने काम गरिरहेको महानगर प्रमुख सिंहले जानकारी दिए । दुई दिन सम्म परेको अविरल वर्षाका कारण वीरगंज महानगरपालिकाको वडा नं. २०, २४ र २६ को अधिकांस क्षेत्र डुबानमा परेको थियो । तीनवटै वडाको पानीको निकास वडा नम्बर १७ अलौँ स्थित आईसीपी चोक बाट हुने गरेको थियो ।

पहिले देखि बर्षाको पानी सो स्थानमा राखिएका दुई वटा ह्युमपाइप बाट निकास हुँदै आएकोमा यस पटक ह्युमपाइप जाम भएकाले सुगौली विर्ता, हरपतगन्ज र बहुअरी डुबानमा परेको थियो । गत असोज ११ र १२ मा परेको वर्षाको पानी १९ दिनसम्म निकास नपाउँदा त्यहाँ लगाइएको ५० औँ विघा भन्दा बढी धान बाली नष्ट हुने अवस्थामा पुगेको थियो ।

लामो समयदेखि पानी जम्दा उक्त वडामा दुर्गन्ध फैलिनुका साथै लामखुट्टेको बिगबिगी बढेको छ । केही दिन यही अवस्था कायम रहे डेंगी, इन्सेफ्लाइटिस तथा पानीजन्य रोगको संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् । विगतमा नहरको क्यानल र दुईवटा ह्युमपाइप बाट खेतको पानीलाई निकास दिने गरेकामा अहिले क्यानल पुरेर पक्की सडक निर्माण गर्नुका साथै र ह्युमपाइप जाम भएकाले वीरगन्ज वडा नम्बर २६ सुगौली विर्ता, वडा २० हरपतगन्ज र वडा २४ बहुअरीको पानीले निकास पाउन सकेको थिएन ।

गत असोज १८ मा जेसीबी द्वारा ह्युमपाइपको जाम हटाएर पानीको निकास गराइएको थियो । तर, साँझ वडा नं. १७ स्थित अलौँ वासीले अर्को वडाबाट आएको पानीले आफ्नो घर र खेत डुबानमा पारेको भन्दै ह्युमपाइप पुरिदिँदै पानी निकास ठप्प पारेका थिए । नगर प्रहरीको सहयोगमा वडा सदस्य आमोद यादवलगायतको टोलीले पुनः ह्युमपाइपको जाम खोल्न खोज्दा विवाद भएको थियो ।

अलौँ निवासी सुदर्शन लामिछानेले वडा सदस्य यादवलाई दुव्र्यहार गरेपछि कुटाकुट समेत भएको थियो ।तीन वटै वडाका स्थानीयको गुनासो आए पछि गत असोज २१ मा महानगर प्रमुख राजेशमान सिंह महानगरको प्राविधिक र नगर प्रहरी सहितको टोली लिएर निरीक्षणमा जाँदा समेत विवाद भएको थियो ।

  • Related Posts

    विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र अमेरिका भिड्दै

    काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ…

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र…

    पहिलो

    विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र अमेरिका भिड्दै

    • May 16, 2026
    • 38 views
    विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र अमेरिका भिड्दै

    आजको मौसम पूर्वानुमान ?

    • May 16, 2026
    • 27 views
    आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल

    • May 16, 2026
    • 27 views
    आजको राशिफल

    दिनभरका प्रमुख २० समाचार

    • May 15, 2026
    • 13 views
    दिनभरका प्रमुख २० समाचार

    जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    • May 15, 2026
    • 25 views

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    • May 15, 2026
    • 27 views
    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत  प्राप्त