रामकुमारी झाँक्रीलाई गाली नगर्न महावीर पुनको आग्रह

पूर्व शिक्षामन्त्री महावीर पुनले नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीलाई गाली नगर्न आग्रह गरेका छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै पुनले झाँक्रीले दिएको अभिव्यक्तिप्रति उनलाई गाली नगर्न आग्रह गरेका हुन् । 

उनले भनेका छन्- ‘रामकुमारी झाँक्री बहिनीलाई केही नभन्नु, तनाव होला, माफ गर्नु। जानिनन् त भनिन् । के बोल्नुपर्ने, कसरी बोल्नुपर्ने भन्ने नजानेपछि बोलिन् । त्यसैले उनलाई कसैले गाली नगर्नुहोला ।’

केहि दिनअघि झाँक्रीले निर्वाचन गराउने सरकारकै मन्त्री चुनाव लड्न गएको भन्दै महावीर पुनप्रति टिप्पणी गर्दै ‘बेबकुफ मन्त्री’ भनेकी थिइन् । झाँक्रीको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचना र गालीगलोज भइरहेको छ ।

पुनले झाँक्रीले गरेको टिप्पणीमाथि व्यंग्य गर्दै आफू ‘बेबकुफ’ नै भएको र झाँक्रीले सहि भनेको समेत उल्लेख अग्रेका छन् । उनले भनेका छन्- ‘झाँक्रीले भनेको कुरा पनि ठीकै हो, म बेबकुफै हुँ क्या । बेबकुफ नभएको भए किन नेपाल आएर यसरी डुल्थेँ त ? यत्रो अमेरिका पढेको मान्छे, अहिलेसम्म जागिर गरेको छैन, केहि व्यवसाय गर्न जानेको छैन । गाउँगाउँ डुलेको छ स्थानीयलाई सघाउछु मात्र भन्छ, गाउँलेहरूले जे दिन्छन् त्यही खाने, जहाँ सुताउँछन् त्यही सुत्ने मान्छे बेबकुफ नभएर के हुन्छ? ‘

पुन फागुन २१ गते हुने आम निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

  • Related Posts

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धाको सुनुवाई आज पनि हुदैछ । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि