रास्वपा र नाउपाका नेताहरु तथा थरुहट अभियन्ताबीच ९ बुँदे सहमति गर्दै एकता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पुर्व नेताहरु, थारुहट र थारुवान अभियन्ताहरुसँग एकता गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपस्थित राष्टिय सभामा ९ बुँदे सहमतिगर्दै एकताको घोषणा गरिएको छ । रास्वपासँग एकता प्रक्रियामा आएकामा  थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, दामोदर पण्डित, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष, थरुहट/थारुवान अभियन्ता सुरेन्द्र चौधरी रहेका छन् ।

सहमतिक बुँदा:  

१- २०८२ साल भदौमा नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने । 

२- पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् समायोजन भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने ।

३- राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावनामा उल्लेख गरिए बमोजिम ‘ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनागत विभेदहरू विरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपभोग मा जोड दिँदै, नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी सिद्दान्तप्रति प्रतिवद्द रहने ।

४- बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गर्दै थारुहरुको धार्मिक-सांस्कृतिक प्रणालीको संरक्षण र प्रवर्द्धन गर्न संविधानको धारा ५६ (५) को मर्म अनुरुप थारू बहुल क्षेत्रलाई थारु संरक्षित विशेष क्षेत्र’ घोषणा गर्न कानूनी र संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने ।

५- टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्च स्तरीय आयोगका सिफारिसहरुको उचित कार्यान्वयन गर्ने ।

६- निजामती, न्यायिक, प्रहरी लगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएका अनुपातमा थारुहरुको आरक्षण व्यवस्था अभ्यासमा पूर्णतः लागू गर्ने ।

७- भूगोल, जनसंख्या, सामर्थ्य र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयामहरुमा सर्वदलीय राजनीतिक सहमतिका लागि पहल गर्ने ।

८- नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरु पार्टीको तहगत संरचनामा सम्मानजनक समायोजन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउने ।

९- राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।

  • Related Posts

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

     गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद दिएका छन् । निर्वाचनपछिको भर्चुअल समीक्षा बैठकमा बोल्दै गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा…

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा सम्पन्न निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको विजयमा बधाई दिएका छन् । शरीफले सामाजिक सञ्जालमार्फत शुभकामना…

    पहिलो

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    • March 11, 2026
    • 66 views
    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    • March 11, 2026
    • 104 views
    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    म्यानमारबाट तीन नेपालीको उद्धार

    • March 11, 2026
    • 23 views
    म्यानमारबाट तीन नेपालीको उद्धार

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    • March 11, 2026
    • 20 views
    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    • March 11, 2026
    • 47 views
    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

    • March 11, 2026
    • 26 views
    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत