रुकुम पुर्वमा अटो दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

रुकुम पुर्व । रुकुम पुर्वको भुमे गाउँपालिका -१ लुकुमको पञ्चासेमा अटो दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । 

शनिबार साँझ भुमे- १ स्यावाल स्थित मध्ये पहाडी लोक मार्ग सडक खण्डमा लुकुमबाट ब्राहताल तर्फ जादै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भइ सडकदेखि तीन सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । 

दुर्घटनापछि प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काक्री र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली खटिएको थियो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुम पूर्व अस्पताल ल्याइएको थियो । उपचारका क्रममा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी भनिने सबिता घर्तीको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

घाइते हुनेमा लुकुमकै वर्ष २६ कि प्रतीक्षा बुढा र उहाको ११ महिनाको छोरा सुभम बुढा, वर्ष २५ कि ब्युटी पुन र उनकी २३ महिनाकी छोरी समृद्धि पुन, लुकुमकै वर्ष ३ का सक्षम घर्ती रहेका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अटो चालक भुमे-१ का अन्दाजी २९ वर्षका जोते घर्ति फरार रहेकोमा आज बिहान पक्राउ परेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 67 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 40 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 33 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 31 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 36 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 35 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला