ठेक्काको सूचना प्रकाशन गर्दा अनियमितता गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहसमेत ३ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहाँसम्म सडक मर्मत कालोपत्रे गर्न खरिद ठेक्का लगाउने सम्बन्धि सुचना प्रकाशित गर्दा मिलोमतो गरि सूचना प्रकाशित गरेको नदेखिएको तर अभिलेखमा सूचना प्रकाशित भएको उल्लेख गरेर अनियमिता गरेको अनुसन्धानमा देखिएको जनाएको छ ।
अख्तियारले ६५ हजार बिगो माग गर्दै बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।








