विमानस्थल आसपासमा सुरक्षा व्यवस्था कडा

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम राखिएको प्रति प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । अहिले विमानस्थल प्रवेश गर्ने हरेक गाडी र व्यक्तिको सोधपुछ तथा जाँच गर्न शुरु गरिएको छ । 

यसअघि राप्रपा र राजसंस्था पक्षधरले स्वागतको कार्यक्रम घोषणा गरेपछि विमानस्थल आसपासमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको थियो । 

प्रशासनले निषेधित वा संवेदनशील क्षेत्रमा कानुनविपरीत गतिविधिमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ । 

पूर्वराजा शाह दिउँसो १२ बजेर ४० मिनेटमा बुद्ध एयरको विमानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले विमानस्थल बाहिर आज दिउँसो राजाको स्वागतमा जुट्न आव्हान गर्दै नागरिकले आफ्नो राजाको शान्तिपूर्ण स्वागत गर्ने बताएका छन् । उनले भनेका छन्- ‘विमानस्थल भित्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिइ सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो, यो राज्यको कर्तव्य पनि हो ।’ 

  • Related Posts

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धाको सुनुवाई आज पनि हुदैछ । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि