विश्व बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान

 विश्वबजारमा सुनको मूल्य आकासिएको छ । सुन पहिलो पटक प्रति औंस ५ हजार डलर भन्दा माथि पुगेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपदेखि क्यानडासम्मका प्रमुख सहयोगीहरूसँगको सम्बन्ध बिगारेपछि लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भएपछि सुनको मुल्य बढेको बताइएको छ । 

यस वर्षको पहिलो २६ दिनमा, सुनको मूल्य १५ प्रतिशतले बढिसकेको छ । २०२५ मा सुनको मुल्य ६५ प्रतिशतले बढेको थियो । जुन १९७९ पछिको सबैभन्दा ठूलो वृद्धि थियो ।

विश्वभर नै अनिश्चितताको समयमा सुनलाई प्रायः आश्रय र सुरक्षित लगानीको सम्पत्तिको रुपमा हेरिन्छ । ग्रीनल्याण्डलाई आफ्नो कब्जामा लिनेदेखि क्यानडा र युरोपमा कर लगाउने धम्की दिएपछि विश्वव्यापी रुपमा ट्रम्पको आलोचना भइरहेको छ भने यसले लगानीकर्तालाई शेयर बजार र अन्य सम्पत्ति भन्दा सुरक्षित लागेको छ ।

कमजोर अमेरिकी डलर, अपेक्षाभन्दा बढी मुद्रास्फीति र फेडले यस वर्ष ब्याजदर थप कटौती गर्ने भविष्यवाणीले पनि सुनको माग बढाएको छ । सोमबार सुन २.०२ प्रतिशतले बढेर प्रति औँस ५ हजार ८० डलर पुगेको छ । योसँगै सुनको मार्केट क्याप ३५.३२२ ट्रीलियन डलर पुगेको छ ।

त्यसैगरी अर्को सुरक्षित सम्पत्ति, चाँदी, ६.२८ प्रतिशतले बढेर १०७.७० डलर प्रति औंस पुगेको छ । यो १९७९ पछिको सबैभन्दा बढी हो । त्यस्तै २०२५ मा चाँदी १४१ प्रतिशतले वृद्धि भएको थियो ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    नेप्से आज गिरावट आएको छ । आज विहिबार नेप्से ३३. ८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 34 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि